Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

वाणिज्य विभागले टोखाको एक पानी उद्योगलाई २ लाख रुपैयाँ जरिवाना


९ असोज, काठमाडौं । वाणिज्य विभागले टोखाको एक पानी उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

बजार अनुगमनका क्रममा उद्योगमा कैफियत देखिए पछि जरिवाना गरिएको विभागले जनाएको छ । नियमित बजार अनुगमनका क्रममा अनुगमन टोलीले फ्याक्ट्रीमा कैफियत फेला पारेको विभागका प्रवक्ता  पोख्रेलले जानकारी दिए । तर, सो कैफियात के हो उनले खुलाएनन् । विभागले उक्त फर्मलाई सोमबार कारबाही गरेको हो । फर्मको कारबाही विवरणमा रिलेबलिङ वा गुणस्तर हेरफेर गरेको, परिमाण र मूल्यमा ढाँटेको भनेको छ । यस्तै, विभागले ६ वटा पानी उद्योगसँग कागजात माग गरेको छ । सोमबार विभागको अनुगमन टोलीले ३४ वटा फरक–फरक क्षेत्रमा बजार अनुगमन गरेको थियो ।

नेपाल बोत्तल बन्द पिउने पानी उद्योग संघले भने कारोबार पारदर्शी नभएको भन्दै पानी उद्योगमाथि कारबाही गरेको जनाएको छ । संघका अध्यक्ष ध्रुव गौतमकाअनुसार कारोबार रकम एक करोड नाघेको तर प्यानमै कारोबार गरिरहेको पाइएपछि कारबाही गरिएको जनाइएको छ ।


प्रकाशित मिति: ९ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?