Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

वाणिज्य विभागले कालोबजारी गरेको आरोपमा काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदाम सिल


८ असोज, काठमाडौं । वाणिज्य विभागले कालोबजारी गरेको आरोपमा काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदाम सिल गरेको छ ।

कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेडलिंकको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएको चिनीको गोदाम सिल गरेको हो । विभागका सूचना अधिकारी आनन्दराज पोख्रेलले चिनीको गोदाम सिल गरेर चिनीको गुणस्तर परिक्षणका लागि पठाइएको पुष्टि गरे । ‘गृहेश्वरी ट्रेडलिंकको चिनी गोदाम सिल गरिएको छ । करिब ७० हजार किलो चिनी भण्डारण गरेको भेटिएको छ,’ पोख्रेलले भने,‘अहिले चिनीको गोदाम सिल गरेर चिनीको गुणस्तर परीक्षणका लागि पठाइएको छ ।’ व्यवसायी सन्तोष खेतानको उक्त फर्मले उद्योगहरुबाट सस्तोमा खरिद गरेको चिनी काठमाडौंमा बिल बिजकविना नै महङ्गो मूल्यमा बिक्री गरेको आरोपमा विभागमा उजुरी परेको थियो ।

खुद्रा व्यापार संघका अधिकारीहरुका अनुसार १२७ रुपैयाँ किलो होलसेलमा चिनी बिक्री गरेर खेतानले १०५ रुपैयाँको मात्रै बिल दिने गरेका थिए । दुई साता अघिसम्म ११० रूपैयाँ किलोमा बिक्री भइरहेको चिनी पछिल्लो समय एकाएक १३० रूपैयाँ किलोसम्म पुर्‍याइएको छ । काठमाडौं उपत्यकामा चिनी बिक्रीमा खास व्यक्ति मानिएका खेतानको फर्मले नेपाली चिनी मिलबाट क्रसिङको समयमा सस्तोमा खरिद गरेका चिनी कृत्रिम भण्डारण गरेर चाडपर्वको मुखैमा महँगोमा बिक्री गर्ने गरेको पाइएको सरकारी अधिकारीहरुको दाबी छ ।

यस्तै उनको सोही गोदामबाट ठूलो परिमाणमा दाल पनि बरामद भएको छ । यसबारे विभागले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: ८ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?