Trending
>>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता
Logo
१३ माघ २०८२, मंगलवार
१३ माघ २०८२, मंगलवार

वाणिज्य विभागले कालोबजारी गरेको आरोपमा काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदाम सिल


८ असोज, काठमाडौं । वाणिज्य विभागले कालोबजारी गरेको आरोपमा काठमाडौंको सबैभन्दा ठूलो चिनी गोदाम सिल गरेको छ ।

कुलेश्वरमा रहेको गृहेश्वरी ट्रेडलिंकको गोदाममा कृत्रिम भण्डारण गरेर राखिएको र लेबल अस्पष्ट भएको चिनीको गोदाम सिल गरेको हो । विभागका सूचना अधिकारी आनन्दराज पोख्रेलले चिनीको गोदाम सिल गरेर चिनीको गुणस्तर परिक्षणका लागि पठाइएको पुष्टि गरे । ‘गृहेश्वरी ट्रेडलिंकको चिनी गोदाम सिल गरिएको छ । करिब ७० हजार किलो चिनी भण्डारण गरेको भेटिएको छ,’ पोख्रेलले भने,‘अहिले चिनीको गोदाम सिल गरेर चिनीको गुणस्तर परीक्षणका लागि पठाइएको छ ।’ व्यवसायी सन्तोष खेतानको उक्त फर्मले उद्योगहरुबाट सस्तोमा खरिद गरेको चिनी काठमाडौंमा बिल बिजकविना नै महङ्गो मूल्यमा बिक्री गरेको आरोपमा विभागमा उजुरी परेको थियो ।

खुद्रा व्यापार संघका अधिकारीहरुका अनुसार १२७ रुपैयाँ किलो होलसेलमा चिनी बिक्री गरेर खेतानले १०५ रुपैयाँको मात्रै बिल दिने गरेका थिए । दुई साता अघिसम्म ११० रूपैयाँ किलोमा बिक्री भइरहेको चिनी पछिल्लो समय एकाएक १३० रूपैयाँ किलोसम्म पुर्‍याइएको छ । काठमाडौं उपत्यकामा चिनी बिक्रीमा खास व्यक्ति मानिएका खेतानको फर्मले नेपाली चिनी मिलबाट क्रसिङको समयमा सस्तोमा खरिद गरेका चिनी कृत्रिम भण्डारण गरेर चाडपर्वको मुखैमा महँगोमा बिक्री गर्ने गरेको पाइएको सरकारी अधिकारीहरुको दाबी छ ।

यस्तै उनको सोही गोदामबाट ठूलो परिमाणमा दाल पनि बरामद भएको छ । यसबारे विभागले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: ८ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?