Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२८ मंसिर २०८२, आईतवार
२८ मंसिर २०८२, आईतवार

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा मारेको अभियोगमा चार जना पक्राउ


८ असोज, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा मारेको अभियोगमा दोषी ठहर भएका चार जना २५ वर्षपछि पक्राउ परेका छन् ।

२०५५ साल कात्तिकमा गैडा मारी खाग काटेर लगेको अभियोगमा १० वर्ष कैद र एक लाख रुपैयाँ जरिवाना सुनाइएका विष्णु कार्की, गोगनबहादुर बानियाँ र यामबहादुर बानियाँ तथा ६ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाइएका हरि कार्की पक्राउ परेका हुन् । उनीहरुले २०५५ कात्तिकमा निकुञ्जको अमृते पोष्टदेखि करिब डेढ किलोमिटर पूर्व पन्ना खोला नजिक गैंडालाई खाल्डोमा पारेर मारेको निकुञ्जले फैसला गरेको थियो । निकुञ्ज कार्यालय र निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना खड्ग दल गणको संयुक्त टोलीले जिल्ला प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय काभ्रेको सहयोगमा उनीहरुलाई पक्राउ गरेको हो ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार विष्णु कार्की र गोगनबहादुर क्षेत्रीलाई शनिबार र यमबहादुर बानियाँलाई सानोपोखराबाट पक्राउ गरिएको हो । यस्तैं हरि कार्कीलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको सहयोगमा पाँचखालबाट शनिबार पक्राउ गरिएको हो । चितवन निकुञ्ज कार्यालयले उनीहरु विरुद्ध २०५७ माघ २५ गते नै दोषी ठहर गरी सजाय सुनाएको थियो । पक्राउ परेका चारै जनालाई कारागार कार्यालय भरतपुर चलान गरिएको छ ।

 


प्रकाशित मिति: ८ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?