Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

साफ यू-१९ फुटबलमा आज नेपालले माल्दिभ्ससँग खेल्दै


८ असोज, काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपमा आज सोमबार नेपालले माल्दिभ्ससँग खेल्दै छ । दशरथ रंगशालामा साढे १ बजे हुने खेलमा नेपालले सेमिफाइनल पुग्न माल्दिभ्सलाई हराउनै पर्ने दबाब छ । दशरथ रंगशालामा शनिबार माल्दिभ्स र पाकिस्तानले बराबरी खेलेका थिए । नेपाल बिहिबार पाकिस्तानसँग १–० ले पराजित भएपछि आजको खेलमा नेपाललाई दबाब बनेको हो । समुह एमा रहेको पाकिस्तान २ खेलमा ४ अंकका साथ सेमिफाइनलमा पुगिसकेको छ ।

माल्दिभ्ससँग विजयी भएमा नेपाल सेमिफाइनलमा पुग्नेछ । पराजित भएमा वा बराबरी खेलेको अवस्था भने नेपाल समुह चरणबाटै बाहिरिने छ । समूह बी अन्तर्गत आज दोस्रो खेल भारत र भुटान बिच ५ः३० मा हुनेछ । यी दुवै टोली सेमिफाइनल प्रवेश गरिसकेका छन् ।

पहिलो खेलमा भारतले बंगलादेशलाई ३–० ले हराएको थियो । भुटानले बंगलादेशलाई ४–३ को गोल अन्तरले हराएको थियो । सेमिफाइनलका खेलहरु बुधबार र फाइनल शनिबार हुनेछ ।


प्रकाशित मिति: ८ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?