Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

विवाहको तस्वीर सेयर गर्दै परिणिती लेख्छिन्- हामी एकअर्काबिना बाँच्न सक्दैनौं


८ असोज, काठमाडौं । भारतको आम आदमी पार्टीका सांसद राघव चड्ढा र बलिउड अभिनेत्री परिणिती चोपडाले विवाह गरेका छन् । आइतबार उदयपुरको होटेल लीला प्यालेसमा विवाह संस्कार सम्पन्न भएको हो । दुवैको विवाहको तस्वीर पनि सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै परिणिती चोपडाले लेखेकी छन्, ‘हाम्रो मनले ब्रेकफास्ट टेबलमा भएको पहिलो कुराकानीबाटै एकअर्कालाई चिनेको थियो । लामो समयदेखि यो दिनको प्रतीक्षा थियो । अन्ततः श्रीमान् र श्रीमती बन्ने अवसर पायौं । हामी एकअर्काबिना बाँच्न सक्दैनौं ।’

आइतबार दिउँसो राघव परिवार र साथीभाइसँग विवाहको जन्ती लिएर मण्डपमा पुगेका थिए । जन्ती पुग्दा परिणितीको परिवारका सदस्यले उनलाई उत्साहपूर्वक स्वागत गर्दै पुष्पवृष्टि गरेका थिए । विवाह समारोह सकिएपछि राघव र परिणितीले सँगै फोटोसुट पनि गराए । त्यसपछि दुवैको विवाहको तस्वीर सार्वजनिक हुन थाले । तस्वीरमा परिणितीले स्याम्पेन कलरको साडी लगाएकी छन् । राघव चड्ढा आइभोरी सुटमा देखिएका छन् । यी दुई तस्वीरमा रोमान्टिक देखिएका छन् ।

 


प्रकाशित मिति: ८ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?