Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

विवाहको तस्वीर सेयर गर्दै परिणिती लेख्छिन्- हामी एकअर्काबिना बाँच्न सक्दैनौं


८ असोज, काठमाडौं । भारतको आम आदमी पार्टीका सांसद राघव चड्ढा र बलिउड अभिनेत्री परिणिती चोपडाले विवाह गरेका छन् । आइतबार उदयपुरको होटेल लीला प्यालेसमा विवाह संस्कार सम्पन्न भएको हो । दुवैको विवाहको तस्वीर पनि सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै परिणिती चोपडाले लेखेकी छन्, ‘हाम्रो मनले ब्रेकफास्ट टेबलमा भएको पहिलो कुराकानीबाटै एकअर्कालाई चिनेको थियो । लामो समयदेखि यो दिनको प्रतीक्षा थियो । अन्ततः श्रीमान् र श्रीमती बन्ने अवसर पायौं । हामी एकअर्काबिना बाँच्न सक्दैनौं ।’

आइतबार दिउँसो राघव परिवार र साथीभाइसँग विवाहको जन्ती लिएर मण्डपमा पुगेका थिए । जन्ती पुग्दा परिणितीको परिवारका सदस्यले उनलाई उत्साहपूर्वक स्वागत गर्दै पुष्पवृष्टि गरेका थिए । विवाह समारोह सकिएपछि राघव र परिणितीले सँगै फोटोसुट पनि गराए । त्यसपछि दुवैको विवाहको तस्वीर सार्वजनिक हुन थाले । तस्वीरमा परिणितीले स्याम्पेन कलरको साडी लगाएकी छन् । राघव चड्ढा आइभोरी सुटमा देखिएका छन् । यी दुई तस्वीरमा रोमान्टिक देखिएका छन् ।

 


प्रकाशित मिति: ८ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?