Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

एभरेष्ट बैंकले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा आहृवान गर्‍यो


८ असोज, काठमाडौं । एभरेष्ट बैंकले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा आहृवान गरेको छ । बैंकले ३० असोजमा काठमाडौंको लैनचौर व्यांक्वेटमा २९औं वार्षिक साधारणसभा आहृवान गरेको हो । बैंकको साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोन सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत गरी १०.५३ प्रतिशत नगद लाभांश पेस गरी पारित हुनेछ ।

यस्तै सञ्चालक समितिको अध्यक्षको प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात र आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाबसहित सोही अवधिको नगद प्रवाहको विवरण पनि बैंकको साधारणसभाले पारित गर्नेछ । यस्तै बैंकको बोनस सेयर जारी पश्चात् पुँजी वृद्धि हुने भएकोले सोही अनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्ने तथा संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक नियुक्त भएकाहरुको नियुक्ति अनुमोदन गर्ने जस्ता प्रस्ताव बैंकले साधारणसभामा लैजाने भएको छ । बैंकले साधारणसभाको लागि १६ असोजमा सेयरधनी दर्ता किताब बन्द बुक क्लोज गर्ने भएको छ ।

जस अनुसार १५ असोजसम्म कायम सेयरधनीले मात्रै बैंकको लाभांश पाउनेछन् । साथै सोही मितिसम्म कायम सेयरधनी साधारणसभामा सहभागी हुन सक्नेछन् ।

 


प्रकाशित मिति: ८ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?