Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

१९औं एसियाडअन्तर्गत आज नेपालको महिला फुटबल र बास्केटबल टिमले जापानसँग सामना गर्दै


८ असोज, हान्झाउ । चीनको हान्झाउमा भइरहेको १९औं एसियाडअन्तर्गत आज नेपालको महिला फुटबल र बास्केटबल टिमले जापानको सामना गर्दैछ ।

महिला फुटबलको समूह डी मा रहेको नेपाल र जापानबीचको खेल हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ । यही संस्करणमा एसियाडमा डेब्यु गरेको नेपाली महिला फुटबल टिम यसअघि पहिलो खेलमा भियतनामसँग २-० ले पराजित भएको थियो । नेपालले महिला विश्वकप उपाधि जितिसकेको जापानसँग एसियाडमा पहिलो पटक खेल्न लागेको हो ।

पहिलो खेलमा भियतनामविरुद्ध घाइते भएकी सरु लिम्बुले भने एसियाडको बाँकी खेल गुमाउनेछिन् । नेपालले समूहको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । यस्तै महिला थ्री बाई थ्री बास्केटबलमा नेपालले जापानसँग खेल्दैछ । समूह बी अन्तर्गत उक्त खेलमा देकिङ जिओग्राफिक इन्फरमेसन पार्क बास्केटबल कोर्टमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

नेपाली महिला टोलीले एसियाडमा लगातार तेस्रो पटक बास्केटबलमा सहभागिता जनाएको हो भने थ्री बाई थ्री मा महिला टोलीले लगातार दोस्रो पटक खेल्न लागेको हो । श्रेया खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा गरिसा सिलवाल, मिनु गुरुङ र रिन्छेन मोक्तान छन् ।


प्रकाशित मिति: ८ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?