Trending
>>   दोहोराे मित्रताका प्रतीक बने खगेन्द्रप्रसाद र रुद्रकली >>   महाधिवेशनले पार्टीलाई संगठनात्मक र वैचारिक रुपमा पुनःव्यवस्थित गर्दै परिवर्तनको अपेक्षा पूरा गर्छः ईश्वर पोखरेल >>   ट्रान्सपोर्ट र नासरिन जितविहीन रहँदै बाहिरिए >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको म्याद एक महिना थप हुन्छः प्रधानमन्त्री कार्की >>   निर्वाचनमार्फत नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की >>   जेन–जीहरुले निर्वाचन हुन दिन्न भन्न पाइदैंन :मेयर महर्जन >>   वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता >>   प्रधानमन्त्री कार्कीसँग चिनियाँ राजदुतको शिष्टाचार भेट >>   तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानमा बोलाउने तयारी >>   जनकपुरधाममा भारत–नेपाल गोलमेच छलफल सम्पन्न
Logo
२ पुष २०८२, बुधबार
२ पुष २०८२, बुधबार

१९औं एसियाडअन्तर्गत आज नेपालको महिला फुटबल र बास्केटबल टिमले जापानसँग सामना गर्दै


८ असोज, हान्झाउ । चीनको हान्झाउमा भइरहेको १९औं एसियाडअन्तर्गत आज नेपालको महिला फुटबल र बास्केटबल टिमले जापानको सामना गर्दैछ ।

महिला फुटबलको समूह डी मा रहेको नेपाल र जापानबीचको खेल हान्झाउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ । यही संस्करणमा एसियाडमा डेब्यु गरेको नेपाली महिला फुटबल टिम यसअघि पहिलो खेलमा भियतनामसँग २-० ले पराजित भएको थियो । नेपालले महिला विश्वकप उपाधि जितिसकेको जापानसँग एसियाडमा पहिलो पटक खेल्न लागेको हो ।

पहिलो खेलमा भियतनामविरुद्ध घाइते भएकी सरु लिम्बुले भने एसियाडको बाँकी खेल गुमाउनेछिन् । नेपालले समूहको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । यस्तै महिला थ्री बाई थ्री बास्केटबलमा नेपालले जापानसँग खेल्दैछ । समूह बी अन्तर्गत उक्त खेलमा देकिङ जिओग्राफिक इन्फरमेसन पार्क बास्केटबल कोर्टमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

नेपाली महिला टोलीले एसियाडमा लगातार तेस्रो पटक बास्केटबलमा सहभागिता जनाएको हो भने थ्री बाई थ्री मा महिला टोलीले लगातार दोस्रो पटक खेल्न लागेको हो । श्रेया खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा गरिसा सिलवाल, मिनु गुरुङ र रिन्छेन मोक्तान छन् ।


प्रकाशित मिति: ८ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?