Trending
>>   एमसीसी सम्झौताले मुलुकलाई विभाजित गर्यो : पूर्वप्रधानमन्त्री खनाल >>   ११ वटा निर्माण कम्पनी कालोसूचीमा, कुनै पनि खरिद प्रक्रियामा भाग लिन नपाउने >>   पार्टी प्रति नकारात्मकता फैलाउनेहरुलाई छुट दिन सकिँदैन: अध्यक्ष नेपाल >>   राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको निर्वाचन भदौ ११ मा हुने >>   नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा कन्जुमर इलेक्ट्रोनिक्स प्रदर्शनी भदौ १३ देखि भृकुटीमण्डपमा हुने >>   मानव सभ्याताले आफ्नो संस्कृति, पहिचान भुल्नु हुँदैन : पर्यटनमन्त्री पाण्डे >>   ‘उखु किसानले वर्षेनी आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य गरियोस्’ >>   शिक्षक महासंघले बुझायो राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षणपत्र >>   २०८४ मा मेरो अवस्था कस्तो होला भन्ने मानसिकताबाट काँग्रेस मुक्त हुनुपर्छ : महामन्त्री थापा >>   चीनको स्वदेशी ‘हाइकिन’ ४,१४० मिटरको गहिराइमा पुग्यो
Logo
८ भाद्र २०८२, सोमबार
८ भाद्र २०८२, सोमबार

अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत


७ असोज, काठमाडौं । अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ । ७ असोज आइतबार नेप्से र अपर लोहोरे खोला हाइड्रोपावर बीच सेयर सूचीकरण सम्झौता भएको हो । कम्पनीको कुल ५० लाख ९८ हजार ४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको सार्वजनिक निष्कासन भएको ४ लाख ९८ हजार ४० कित्ता र संस्थापक सेयरधनीको २६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै सोमबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ । नेप्सेमा सूचीकृत भएसँगै सोमबार नेप्सेको स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको सेयर पहिलो कारोबार भएमा दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

नेप्सेले कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि ९७ रुपैयाँ ८७ पैसादेखि २९३ रुपैयाँ ६१ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि सूचीकृत कम्पनीको पछिल्लो आर्थिक वर्षको लेखापरिक्षण भएको वित्तीय विवरणको नेटवर्थदेखि नेटवर्थको ३ गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । कम्पनीले १८ देखि २२ साउनसम्म सर्वसाधारणलाई सेयर जारी गरेको थियो ।


प्रकाशित मिति: ७ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?