Trending
>>   कृषि तथा वन क्षेत्रलाई उद्योग र बजारसँग जोड्ने गरी सरकारले नीतिगत तयारी गर्दैछः मन्त्री चौधरी >>   चितवन जिल्ला प्रशासनको चेपाङ बस्तीमा घुम्ती शिविर, ९० जनाले पाए नागरिकता >>   आशा गरिएकी जुडोकी पुनमको खराब प्रदर्शन >>   प्रस्तावित राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ लाई थप कार्यान्वयनमुखी बनाउन सुझाव >>   द्वन्द्व बढे नयाँ हतियार प्रयोग गर्ने इरानको चेतावनी ,तनाव कायमै >>   ज्येष्ठ नागरिकको अनुभव पुस्तान्तरण गर्न ‘अनुभव बैङ्क’ स्थापना गर्दैर्छौंः मन्त्री वादी >>   कृषि समितिमा मन्त्रीसँग सांसदहरूको प्रश्नः ‘मल वितरणको पारदर्शी प्रणाली र अडियो काण्डको स्पष्टीकरण खै ?’ >>   उखु किसानको भुक्तानी समस्या अब एक–दुई दिनमै हल हुन्छ >>   हेलिकप्टर उद्धारमा १५ अर्ब खर्चिएको कुरामा सत्यता छैन, २० करोड चाँही रहेछ : गृहमन्त्री गुरुङ >>   नेप्सेले उपलब्ध सबै उपकरणको कारोबार सञ्चालन गरिरहेको छः लीलाधर सुवेदी
Logo
१५ आश्विन २०८३, बिहीबार
१५ आश्विन २०८३, बिहीबार

अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत


७ असोज, काठमाडौं । अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचीकृत भएको छ । ७ असोज आइतबार नेप्से र अपर लोहोरे खोला हाइड्रोपावर बीच सेयर सूचीकरण सम्झौता भएको हो । कम्पनीको कुल ५० लाख ९८ हजार ४० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको सार्वजनिक निष्कासन भएको ४ लाख ९८ हजार ४० कित्ता र संस्थापक सेयरधनीको २६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएसँगै सोमबारबाट दोस्रो बजारमा कारोबार गर्न सकिने भएको छ । नेप्सेमा सूचीकृत भएसँगै सोमबार नेप्सेको स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको सेयर पहिलो कारोबार भएमा दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

नेप्सेले कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि ९७ रुपैयाँ ८७ पैसादेखि २९३ रुपैयाँ ६१ पैसासम्म ओपनिङ रेञ्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि सूचीकृत कम्पनीको पछिल्लो आर्थिक वर्षको लेखापरिक्षण भएको वित्तीय विवरणको नेटवर्थदेखि नेटवर्थको ३ गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । कम्पनीले १८ देखि २२ साउनसम्म सर्वसाधारणलाई सेयर जारी गरेको थियो ।


प्रकाशित मिति: ७ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?