Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

१९औं एसियाडमा आयोजक चीनले जित्यो पहिलो स्वर्ण


७ असोज, हानझाउ । १९औं एसियाडमा आयोजक चीनले पहिलो स्वर्ण जितेको छ । चीनले आइतबार रोविङमा पहिलो स्वर्ण जितेको हो । फुयाङ वाटर स्पोर्ट्स सेन्टरमा भएको रोविङ अन्तर्गत महिला डबल्स लाइटवेइटमा चीनका जोउ जियाकी र क्यी जिउपिङको जोडीले स्वर्ण जितेका हुन् । चिनियाँ जोडीले ६.७८ सेकेण्ड टाइमिङ निकाले । रजत जितेका उज्वेक जोडी लुइजाखोन इस्लोमोभा र मालिका तागमाटोभाको जोडी १० सेकेण्डले पछि परेका थिए । यसमा इन्डोनेसियाले कास्य पदक जित्यो ।

आइतबार आयोजकले चीनले ११ स्वर्ण जितिसकेको छ । हङकङ चाइनाले पनि एक स्वर्ण जितेको छ । आइतबार बिहान नेपाली खेलाडीहरुको प्रदर्शन भने राम्रो हुन सकेन । तेक्वान्दो, जुडो, इस्पोर्ट्स, सुटिङमा बिहानी सत्रमा नेपाली खेलाडीहरु पराजित भए ।


प्रकाशित मिति: ७ आश्विन २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?