Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

तीन दलको निष्कर्ष –रास्ट्रपतिमा रास्ट्रीय सहमतिको उम्मेदवार, आज कांग्रेससँग निर्णायक छलफल


काठमाडौंः माओवादी केन्द्र,नेकपा एस र जसपाले रास्ट्रपतिमा रास्ट्रीय सहमतिको उम्मेदवार आवश्यक रहेको निष्कर्ष निकालेका छन् । यससँगै राष्ट्रपति उम्मेदवारको विषयमा छलफलमा जुटेका माओवादी, एकीकृत समाजवादी र जसपाले आज कांग्रेससँग निर्णायक छलफल गर्ने भएका छन् ।

सिंहदरबारमा हिजो बसेको तीन दलका शीर्ष नेताको बैठकले आज कांग्रेससँग निर्णायक छलफल गरेपछि मात्रै राष्ट्रपति उम्मेदवारको विषयमा टुंगो लगाउने समझदारी गरेका हुन् ।

आज को छलफलपछि मात्रै राष्ट्रपति उम्मेदवारको विषयमा अन्तिम निर्णयमा पुग्ने उनीहरूले जनाएका छन् । बैठकमा भएका छलफलबारे जानकारी दिँदै जसपा नेता राजेन्द्र श्रेष्ठले कांग्रेस सबैभन्दा ठूलो दल भएको र मंसिरमा सम्पन्न निर्वाचनको गठबन्धन दलको सहयात्री भएकाले आज निर्णायक छलफल गरिने बताए ।


प्रकाशित मिति: १२ फाल्गुन २०७९, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?