Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कारबाट डा उप्रेती सम्मानित


नेपाल टेलिभिजनका प्रमुख कार्यक्रम निर्माता डा टङ्क उप्रेती यस वर्षको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । उहाँलाई नेपाली कला साहित्य डटकम प्रतिष्ठानले काठमाडाँैको पर्यटन बोर्डमा एक कार्यक्रम आयोजना गरी आज रु ५० हजार राशिसहित सम्मान गरेको हो । वृतचित्रलगायत प्रसारण माध्यमबाट विभिन्न विषय बस्तुका बारेमा जानकारी गराइ योगदान पु¥याएको भन्दै डा उप्रेतीलाई पुरस्कृत गरिएको प्रतिष्ठानकी अध्यक्ष मोमिला जोशीले जानकारी दिनुभयो।

पत्रकारितासँगै उहाँले निबन्ध र कवितामा पनि कलम चलाउँदै आउनुभएको छ । डा उप्रेतीका ‘अनुभूतिका अक्षरहरु’, ‘शब्दहरुको नेपथ्य’, ‘गजुर पग्लिएर’ (कथा सङ्ग्रह), ‘निगुरोको खरानी’ (कथा सङ्ग्रह) र ‘यतै कतै’ (सामूहिक कविता सङ्ग्रह) प्रकाशित छन् । उहाँले आमसञ्चार र पत्रकारितामा विद्यावारिधि गर्नुभएको छ । नेपाल टेलिभिजनको स्थायी कर्मचारी डा उप्रेतीले २०४६ सालदेखि निरन्तर नेपाली साहित्य र पत्रकारितामा कलम चलाउँदै आउनुभएको छ । प्रतिष्ठानले प्रसिद्ध समालोचक प्राध्यापक डा लक्ष्मणप्रसाद गौतमलाई राष्ट्रिय कलाश्री पुरस्कार प्रदान गरेको छ ।

सो पुरस्कारको राशि रु एक लाख रहेको छ । यस्तै कवि तथा निबन्धकार भूपिनलाई रु ७५ हजार राशिको स–सिद्दि राष्ट्रिय कलाश्री युवा पुरस्कार प्रदान गरिएको छ । यसैगरी फोटो पत्रकार जगदिश तिवारी रु ५० हजार राशिको थिरछाँया राष्ट्रिय कलाश्री ललितकला पुरस्कारबाट सम्मानित हुनुभएको छ । यस्तै रु ५० हजार राशिको पद्यनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कारबाट गायिका मोलिना राईलाई पुरस्कृत गरिएको छ ।


प्रकाशित मिति: ११ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?