Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
२९ मंसिर २०८२, सोमबार
२९ मंसिर २०८२, सोमबार

बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कारबाट डा उप्रेती सम्मानित


नेपाल टेलिभिजनका प्रमुख कार्यक्रम निर्माता डा टङ्क उप्रेती यस वर्षको बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ । उहाँलाई नेपाली कला साहित्य डटकम प्रतिष्ठानले काठमाडाँैको पर्यटन बोर्डमा एक कार्यक्रम आयोजना गरी आज रु ५० हजार राशिसहित सम्मान गरेको हो । वृतचित्रलगायत प्रसारण माध्यमबाट विभिन्न विषय बस्तुका बारेमा जानकारी गराइ योगदान पु¥याएको भन्दै डा उप्रेतीलाई पुरस्कृत गरिएको प्रतिष्ठानकी अध्यक्ष मोमिला जोशीले जानकारी दिनुभयो।

पत्रकारितासँगै उहाँले निबन्ध र कवितामा पनि कलम चलाउँदै आउनुभएको छ । डा उप्रेतीका ‘अनुभूतिका अक्षरहरु’, ‘शब्दहरुको नेपथ्य’, ‘गजुर पग्लिएर’ (कथा सङ्ग्रह), ‘निगुरोको खरानी’ (कथा सङ्ग्रह) र ‘यतै कतै’ (सामूहिक कविता सङ्ग्रह) प्रकाशित छन् । उहाँले आमसञ्चार र पत्रकारितामा विद्यावारिधि गर्नुभएको छ । नेपाल टेलिभिजनको स्थायी कर्मचारी डा उप्रेतीले २०४६ सालदेखि निरन्तर नेपाली साहित्य र पत्रकारितामा कलम चलाउँदै आउनुभएको छ । प्रतिष्ठानले प्रसिद्ध समालोचक प्राध्यापक डा लक्ष्मणप्रसाद गौतमलाई राष्ट्रिय कलाश्री पुरस्कार प्रदान गरेको छ ।

सो पुरस्कारको राशि रु एक लाख रहेको छ । यस्तै कवि तथा निबन्धकार भूपिनलाई रु ७५ हजार राशिको स–सिद्दि राष्ट्रिय कलाश्री युवा पुरस्कार प्रदान गरिएको छ । यसैगरी फोटो पत्रकार जगदिश तिवारी रु ५० हजार राशिको थिरछाँया राष्ट्रिय कलाश्री ललितकला पुरस्कारबाट सम्मानित हुनुभएको छ । यस्तै रु ५० हजार राशिको पद्यनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कारबाट गायिका मोलिना राईलाई पुरस्कृत गरिएको छ ।


प्रकाशित मिति: ११ फाल्गुन २०७९, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?