Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१७ माघ २०८२, शनिबार
१७ माघ २०८२, शनिबार

पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले गर्यो विश्वकपका लागि टिमको घोषणा


५ असोज, काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड पीसीबीले विश्वकपका लागि टिमको घोषणा गरेको छ ।

एसिया कपका क्रममा घाइते भएका नसिम शाहको ठाउँमा हसन अलीले मौका पाएका छन् । नसिम ३–४ महिनामा ठिक हुने पीसीबीले बताएको छ ।
यसै वर्षको सुरुमा न्युजिल्याण्डविरुद्धको खेलबाट टिममा डेब्यू गरेका लेग स्पिनर उसमा मिर पनि विश्वकप खेल्ने टोलीमा परेका छन् । उनी एसिया कपमा थिएनन् ।

विश्वकप खेल्ने टोलीको घोषणा गर्दै मुख्य चयनकर्ता इन्जामाम उल हकले भने ‘विश्वकप कुनै पनि खेलाडीका लागि जिन्दगीको महत्वपूर्ण इभेन्ट हो, आफ्नो शानदार खेलको बलमा टिममा स्थान बनाउने सबै खेलाडीलाई शुभकामना, पछिल्ला केही वर्षमा टिमले शानदार खेल प्रदर्शन गर्दै आएको छ, त्यसैले हामीले यो टिममा भरोसा गरेका छौं ।’

 


प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?