Trending
>>   हज कार्यलाई व्यवस्थित बनाउन समयानुकुल नीति, नियम र प्रवन्ध मिलाउन आवश्यकः राष्ट्रपति पौडेल >>   बैंकिङ–बीमा क्षेत्र मिलेर उत्पादन र उत्पादकत्व अभिवृद्धिमा लाग्नुपर्छ–का.मु. गभर्नर ढुंगाना >>   आज मिति २०८२ साल जेठ ०२ गते शुक्रबार ,हेर्नूहोस् आजको राशिफल >>   काशी सुमेरु पिठाधिश्वर शंकराचार्यद्वारा वसन्तपुरको कामाख्या देवी मन्दिर दर्शन >>   दमक भ्युटावर शुल्क लिई सञ्चालन गर्न स्वीकृति >>   निजी क्षेत्रको मागः १० वर्षलाई लगानी दशक घोषणा गरौँ, झन्झट हटाऔँ >>   सत्तारुढ दलकै भेट्रान नेताहरु प्रि–बजेट छलफलमा सक्रिय नदेख्दा आश्चर्य लागेको छः एमाले सांसद सुर्य थापा >>   विनियोजन विधेयक उपयुक्त दिशातर्फ उन्मुख छ, कार्यान्वयनमा ध्यान दिइओस्ः काँग्रेस सांसद महत >>   मेरिटोक्रेसीबारे प्रधानमन्त्रीः म प्रधानमन्त्री हो तर म एक्लै त छैन नि देशमा >>   साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ सङ्घीय संसद भवनः ठेकेदारले राज्यलाई हेपेको आरोप
Logo
३ जेष्ठ २०८२, शुक्रबार
३ जेष्ठ २०८२, शुक्रबार

अभिनेत्री उषा रजकले फिल्म ‘कागबेनी’बाट आफूलाई हटाएर दीया मास्केलाई मुख्य पात्रमा कास्ट गरिएको दाबी


५ ,असोज काठमाडौँ ।  अभिनेत्री उषा रजकले फिल्म ‘कागबेनी’बाट आफूलाई हटाएर दीया मास्केलाई मुख्य पात्रमा कास्ट गरिएको दाबी गरेकी छन् । शुक्रबार फेसबुकमा स्टाटस लेख्दै उनले अभिनेता अनुप बरालको दबाबमा निर्देशक भुषण दाहालले दीयालाई कास्ट गरिएको आरोप लगाएकी हुन् ।

‘ राता रात म आउट र दिया मास्के इन हुनुभयो । त्यो थाहा पाएको दिन म घर आएर धेरै रोएकी थिएँ । त्यो दिन मैले एक गुरुको अर्कै रुप देखेकी थिएँ, मैले जीवनको एक कालो पाटो देखें,’ रजक लेख्छिन्, ‘ यो कुराको न त मसँग प्रुफ छ, न त आज भुषण दाइले मान्नु हुनेछ कि वहाँले अनुप सरको प्रेसरमा आएर वहाँको कुरा मान्नुभयो । दाइको पहिलो फिल्म थियो, वहाँ नर्भस हुनुभयो होला ।’

रजकले बरालविरुद्ध कास्टिङ काउचको आरोप पनि लगाएकी छन् । उनी यसबारे लेख्छिन्, ‘ त्यो बेला अलि दिनमा आँट बटुलेर अनुप सरलाई के भाको सर यस्तो भन्दा कता-कता कुरा मोडेर डिनर जाने कुरा प्रस्ताव गर्नुभएको याद छ । १९ वर्षकी सायद मैले बुझिनँ, अथवा बुझ पचाएँ, र खुरुक्क गएर चुपचाप क्लासमा बसें । १७ वर्षसम्म यो कुरामा पब्लिकमा बोलिनँ, हो म अलिकति त काँतर नै हो । कास्टिङ काउच सबैतिर हुन्छन्, मनले रुचेकोलाई रोल दिन पाइयो, तर एक शिक्षालय खोलेर, विद्यार्थी तथा कलाकारलाई समान मौका दिनुभन्दा नेपोटिज्म र फेभरेटिज्म किन र ?’

‘कागबेनी’को मुख्य पात्रको लागि निर्देशक दाहाल र टिमले आफूसहित पूजा गुरुङ, शिवानीसिंह थारु, दीया मास्के, आशा मगरातीसँग अडिसन लिएको रजकले बताएकी छन् ।

उनले बरालको एक्सर्ट स्टुडियोलाई दूषित ठाउँको संज्ञा पनि दिएकी छन् । ‘अझै पनि धेरैजसो राम्रो फिल्मको अडिसन त्यहींबाट हुन्छ, अझै पनि कलाकार आशा लिएर अडिसनमा जान्छन्, त्यो दूषित ठाउँमा । ठीकै छ, म पनि गएकी थिएँ आश लिएर, आँखा नखोलुन्जेल,’ उनी लेख्छिन् ।

उषाले प्रश्न गरेकी छन्, ‘ अनि के, कला क्षेत्र सबै यस्तै हो, प्रदूषित र ? नो, हैन । धेरै राम्रा गुरुहरु भेटें, निष्पक्षीय कास्टिङ टिम, निडर निर्देशक, टाइममा पारिश्रमिक दिने निर्मातासँग काम गरेकी छु ।’ सोही स्टाटसमा उषाले राष्ट्रिय चलचित्र पुरस्कारको सन्दर्भ उल्लेख गर्दै फिल्म ‘प्रकाश’ले न्याय पाउनुपर्ने बताएकी छन् ।

रजकको आरोपबारे निर्देशक तथा अभिनेता अनुप बरालसँग कुराकानी गर्न खोज्दा सम्पर्क स्थापित हुन सकेन । उनको मोबाइल स्वीच अफ थियो ।

 


प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?