Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

अभिनेत्री उषा रजकले फिल्म ‘कागबेनी’बाट आफूलाई हटाएर दीया मास्केलाई मुख्य पात्रमा कास्ट गरिएको दाबी


५ ,असोज काठमाडौँ ।  अभिनेत्री उषा रजकले फिल्म ‘कागबेनी’बाट आफूलाई हटाएर दीया मास्केलाई मुख्य पात्रमा कास्ट गरिएको दाबी गरेकी छन् । शुक्रबार फेसबुकमा स्टाटस लेख्दै उनले अभिनेता अनुप बरालको दबाबमा निर्देशक भुषण दाहालले दीयालाई कास्ट गरिएको आरोप लगाएकी हुन् ।

‘ राता रात म आउट र दिया मास्के इन हुनुभयो । त्यो थाहा पाएको दिन म घर आएर धेरै रोएकी थिएँ । त्यो दिन मैले एक गुरुको अर्कै रुप देखेकी थिएँ, मैले जीवनको एक कालो पाटो देखें,’ रजक लेख्छिन्, ‘ यो कुराको न त मसँग प्रुफ छ, न त आज भुषण दाइले मान्नु हुनेछ कि वहाँले अनुप सरको प्रेसरमा आएर वहाँको कुरा मान्नुभयो । दाइको पहिलो फिल्म थियो, वहाँ नर्भस हुनुभयो होला ।’

रजकले बरालविरुद्ध कास्टिङ काउचको आरोप पनि लगाएकी छन् । उनी यसबारे लेख्छिन्, ‘ त्यो बेला अलि दिनमा आँट बटुलेर अनुप सरलाई के भाको सर यस्तो भन्दा कता-कता कुरा मोडेर डिनर जाने कुरा प्रस्ताव गर्नुभएको याद छ । १९ वर्षकी सायद मैले बुझिनँ, अथवा बुझ पचाएँ, र खुरुक्क गएर चुपचाप क्लासमा बसें । १७ वर्षसम्म यो कुरामा पब्लिकमा बोलिनँ, हो म अलिकति त काँतर नै हो । कास्टिङ काउच सबैतिर हुन्छन्, मनले रुचेकोलाई रोल दिन पाइयो, तर एक शिक्षालय खोलेर, विद्यार्थी तथा कलाकारलाई समान मौका दिनुभन्दा नेपोटिज्म र फेभरेटिज्म किन र ?’

‘कागबेनी’को मुख्य पात्रको लागि निर्देशक दाहाल र टिमले आफूसहित पूजा गुरुङ, शिवानीसिंह थारु, दीया मास्के, आशा मगरातीसँग अडिसन लिएको रजकले बताएकी छन् ।

उनले बरालको एक्सर्ट स्टुडियोलाई दूषित ठाउँको संज्ञा पनि दिएकी छन् । ‘अझै पनि धेरैजसो राम्रो फिल्मको अडिसन त्यहींबाट हुन्छ, अझै पनि कलाकार आशा लिएर अडिसनमा जान्छन्, त्यो दूषित ठाउँमा । ठीकै छ, म पनि गएकी थिएँ आश लिएर, आँखा नखोलुन्जेल,’ उनी लेख्छिन् ।

उषाले प्रश्न गरेकी छन्, ‘ अनि के, कला क्षेत्र सबै यस्तै हो, प्रदूषित र ? नो, हैन । धेरै राम्रा गुरुहरु भेटें, निष्पक्षीय कास्टिङ टिम, निडर निर्देशक, टाइममा पारिश्रमिक दिने निर्मातासँग काम गरेकी छु ।’ सोही स्टाटसमा उषाले राष्ट्रिय चलचित्र पुरस्कारको सन्दर्भ उल्लेख गर्दै फिल्म ‘प्रकाश’ले न्याय पाउनुपर्ने बताएकी छन् ।

रजकको आरोपबारे निर्देशक तथा अभिनेता अनुप बरालसँग कुराकानी गर्न खोज्दा सम्पर्क स्थापित हुन सकेन । उनको मोबाइल स्वीच अफ थियो ।

 


प्रकाशित मिति: ५ आश्विन २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?