Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट


४, असोज, डोटी । दिपायल सिलगढी नगरपालिका-७ कुन्जेडी बस्ने कृष्ण बहादुर कुन्जेडाको होटेल पसलमा विद्युत सर्ट गई बिहीबार दिउँसो आगलागी हुँदा पसल भित्र रहेका खुद्रा सामान, कस्मेटिक, भाँडावर्तन, बाकसमा रहेका कागजपत्र, फर्निचर, काउण्टर र पसल पछाडी राखेको सु.प.प्र ०१००९ प ७२४४ नम्बरको मोटरसाइकल समेत जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यसै गरि  राजविराज नगरपालिका-४ मिनि मर्केटस्थित प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा कार्यालय भित्र रहेको सम्पूर्ण सर-सामान जलेर करिब ५ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगलागीका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मिति: ४ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?