Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

गणतन्त्र र सङ्घीयतामाथिको प्रहार स्वीकार्य छैन : मुख्यमन्त्री पाण्डे


४ ,असोज ,म्याग्दी गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गणतन्त्र र सङ्घीयतामाथिको प्रहार स्वीकार्य नहुने बताएका छन् । ।
म्याग्दीको बेनीमा आजदेखि शुरु भएको नेपाल जेसीजको क्षेत्र (ख) सम्मेलनको उद्घाटनका क्रममा मुख्यमन्त्री पाण्डेले संविधान र अहिलेको व्यवस्थाप्रति भ्रम फैलाउने गतिविधि स्वीकार्य नभएको बताएका छन्  ।
“आफूलाई मन नपरेको र चित्त बुझेको विषयमा स्वच्छ आलोचना गर्ने अधिकार यही व्यवस्थाले नागरिकलाई दिएको छ, गणतन्त्र र सङ्घीयतालाई अझै सुदृढ बनाउन सकेमा मात्र नागरिकको अधिकार सुरक्षित हुन्छ”, मुख्यमन्त्री पाण्डेले भने , “गल्ती गर्ने जोकोहीले पनि सजाय भोग्नुपर्ने अवस्था अहिलेको व्यवस्थाले ल्याएको सुन्दर पक्ष हो ।”
दुई सय ४० वर्षको राजतन्त्र, ३० वर्षे पञ्चायती व्यवस्था र एक सय चार वर्षे राणा शासनको इतिहास अध्ययन गर्न अनुरोध गर्दै मुख्यमन्त्री पाण्डेले संविधान र सङ्घीयता कार्यान्वयनका क्रममा देखिएका कमजोरीबाट पाठ सिकेर सबैले आफ्नो ठाउँबाट जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्  ।
प्रदेश सरकारले म्याग्दी, मनाङ, मुस्ताङलगायत विकासमा पछाडि परेका जिल्लाको पूर्वाधार निर्माणमा चालु आर्थिक वर्षमा प्राथमिकताका साथ बजेट बिनियोजन गरेको बताउदै उहाँले सङ्घीयताका कारण पहुँच नभएका र पछाडि परेका क्षेत्र, समुदाय र भूगोलका नागरिकले विकासको लाभ लिन थालेको बताए  ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले प्रदेश सरकार मातहतको बेनी अस्पताल नगरपालिकालाई हस्तान्तरणका लागि गर्नुभएको प्रस्तावका विषयमा मुख्यमन्त्री पाण्डेले अस्पताल सञ्चालन गर्ने बजेटको स्रोत सुनिश्चितता गरेर आउन आग्रह गरेका छन्  ।
“तीन वटै तहका सरकारले समन्वय र सहकार्य गरेर आफ्नो अधिकार क्षेत्रमा रहेर जिम्मेवार भएर काम गर्न आवश्यक छ”, उनले भने , “एकले अर्कालाई दोषारोपण गर्ने र जिम्मेवारीबाट पन्छने छुट कसैलाई छैन ।” मुख्यमन्त्री पाण्डेले म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका र मङ्गला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माण गर्ने घोषणा गरेका छन्  ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले म्याग्दीका मुख्य सडकलाई कालोपत्र र सहायक सडकलाई ग्राभेल गर्ने लक्ष्यसहित योजनाका लागि बजेट बिनियोजन गरेको जानकारी दिए । अलपत्र अवस्थामा रहेको बेनी अस्पतालको ५० शय्या क्षमताको भवनलाई पूर्णता दिन सङ्घीय सरकार र निर्माण व्यवसायीलाई सहजिकरण गरेर काममा फर्काउने प्रयास गरिरहेको उहाँको भनाइ छ ।
“बेनी अस्पतालको भवन निर्माण गर्ने ठेक्का लिएको निर्माण कम्पनीलाई निरन्तर ताकेता गरेर काममा फर्काउने र कामलाई तीव्रता नदिए ठेक्का तोड्नुपर्ने दुई वटा मात्रै विकल्पमा केन्द्रित भएका छौ,”  ।
म्याग्दी जेसीज स्थापना भएको २५ वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको सम्मेलनको उद्घाटन समारोहमा म्याग्दीका भेडापालक कृषक हिमबहादुर छन्त्याल, अल्लो उद्यमी किरण थापा, पहिरोग्रस्त क्षेत्रमा उद्धारमा योगदान पु¥याउनुहुने इन्द्रसिंह शेरचन र गायक प्रकाश दुतराजलाई सम्मान गरिएको थियो । निर्वाचन क्षेत्र (२) अन्तर्गतका ४१ शाखासहित देशभरका १७८ वटै जेसीजका प्रतिनिधि पर्यवेक्षकहरुको सहभागिता रहेको सम्मेलन दुई दिनसम्म चल्ने म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाले बताए  ।
“सम्मेलनमा म्याग्दीको पहिचान र चिनारी गराउने कोसीस गरेका छौँ”, उहाँले भन्नुभयो, “यो सम्मेलनले थलिएको बेनीको पर्यटन क्षेत्रलाई चलायमान बनाउन सहयोग पुग्ने अपेक्षा गरेका छौ ।” नेपाल जेसीजका कार्यक्रमका साथै जिल्लाको पर्यटन विकास, प्रवद्र्धन, उत्पादित बस्तु तथा उपजको प्रचारप्रसारका साथै कला, संस्कृतिको संरक्षणसंग जोडिएको उहाँले बताए  ।
उद्घाटन समारोह सुरु हुनु अघि विभिन्न जातजातीको झाँकीसहितको र्‍यालीले बेनी बजार परिक्रमा गरेको थियो । म्याग्दीका विभिन्न समुदायले चोक चोकमा झाँकी देखाएर अतिथिलाई स्वागत गरेका थिए । अतिथिहरुलाई अल्लोको धागोबाट बुनेका झोला, बेनीको बजारको गीत लेखिएको रुमाल, पवित्र कालीगण्डकी नदीमा पाइने शालिग्राम मायाको चिनोको रुपमा प्रदान गरिने सम्मेलनका निर्देशक सुविन श्रेष्ठले बताए ।
प्रतिनिधिहरुलाई म्याग्दीका पर्यटकीय र धार्मिक स्थलहरु लभ्लीहिल, गलेश्वरधाम, सिङ्गा तातोपानीलगायतका क्षेत्रमा भ्रमण गराउने कार्यक्रम छ । सम्मेलन स्थल बेनीको खुल्ला मञ्च परिसरमा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अष्ट्रेलियासँगको सहकार्यमा नदेखिएको म्याग्दी शीर्षकको तस्बिर प्रदर्शनी गरिएको छ । म्याग्दीको मौलिक कला र संस्कृति सहितको मनोरञ्जन दिन उद्घाटन हुने दिनको साँझमा ‘म्याग्दी नाइट’ साँस्कृतिक प्रस्तुति आयोजना गरिएको छ ।

प्रकाशित मिति: ४ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?