Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

एकीकृत समाजवादीले असोज १४ देखि समाजवाद जागरण यात्रा सुरु गर्ने


३,असोज,झापा ।  नेकपा (एकीकृत समाजवादी) को केन्द्रिय कार्यक्रम अनुसार पार्टीले १४ असोजदेखि समाजवाद जागरण यात्रा सुरु गर्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) ले झापाको काँकडिभिटास्थित मेची नदीबाट १४ असोजदेखि सुरु गर्ने समाजवाद जागरण यात्रालाई महाकाली पुगेर सम्पन्न गर्ने भएको हो ।
बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा बुधबार आयोजित बैठकमा जागरण यात्रालाई व्यवस्थित र सफल बनाउन केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज पुष्प पोख्रेलको संयोजकत्वमा जिल्ला कमिटीका पदाधिकारीहरु, जिल्ला कमिटी सदस्यहरु, केन्द्रिय परिषद सदस्यहरु, केन्द्रीय सदस्यहरु र १५ वटै पालिका कमिटीका अध्यक्षहरु रहेको उपसमिति गठन गरिएको छ । त्यसैगरी, समाजवादी जागरण यात्रा माथि प्रकाश पार्न असोज १३ गते काकडिभिटामा पत्रकार सम्मेलन गर्ने, सोही दिन काकडभिटामा सडक नाटक मञ्चन गरिने, ५ बजेदेखि ७ सम्म स्थानीय पार्टी बैठक हुने भएको छ ।
१४ गते विहान ८ देखि १० बजेसम्म केन्द्रीय नेतृत्व टोलीले विषयगत (उद्यमी, युवा, विद्यार्थी, महिला, प्राध्यापक, शिक्षक, बुद्धिजिवी, मजदुर, किसान, पत्रकार लगायत) बैठक सञ्चालन गर्ने, ११ः ३० बजेसम्म समाजवाद जागरण यात्राको उद्घाटन, १२ः३० बजेदेखि १२ः०० सम्म विर्तामोडमा सभा, ३ बजे दमकमा कोणसभा, ३ः४५ बजे मोरङको उर्लाबारीमा कोणसभा, ५ बजे बिराट चौकमा कोणसभा र ६ बजे सुनसरीको इटहरीमा विषयगत बैठक तथा सुनसरीका स्थानीय पार्टी कमिटीहरुबीचमा बैठक सञ्चालन गरिने भएको छ । बैठकमा असोज १५ गते विहान इटहरीमा विषयगत छलफल, १० देखि ११ बजेसम्म इटहरी सभा, २ बजे इनरुवामा कोणसभा र ३ बजे कोशी ब्यारेजबाट विदा हुने कार्यक्रम तय भएको छ ।
बैठकमा पार्टी केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज घनेन्द्र बस्नेत, उपमहासचिव डा. बिजय पौडेल, कोशी प्रदेश कमिटी अध्यक्ष बलदेब चौधरी, झापा इन्चार्ज पुष्प पोखरेल, झापा जिल्ला कमिटी अध्यक्ष बेदराज रेग्मी, केन्द्रीय सदस्यहरु निलमणी बराल, अशेष घिमिरे, चन्द्रा श्रेष्ठ, केशव विष्ट, दामोदर अर्याल, मोहन गौतम, धर्मप्रसाद पौडेल, महेश रेग्मी, अखिल नेपाल किसान महासंघका उपाध्यक्ष देवी बराल, केन्द्रीय सल्लाहकार सदस्य तथा साहित्यकार पुन्यप्रसाद खरेल, समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय उपाध्यक्ष तथा कोशी प्रदेश इन्चार्ज तीर्थ सिग्देल, पूर्व सचिब विपी भट्टराई लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति: ४ आश्विन २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?