Trending
>>   सरकार र निजी क्षेत्रबीचको टकरावलाई अल्झिन नदिन पूर्वाधार अदालत गठन गर्ने तयारी >>   रास्वपा सरकार नेपालको इतिहासकै निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले >>   वीरगञ्जको नेशनल मेडिकल कलेजमा ‘मुन्ना भाइ’ शैलीको गोरखधन्दाः संसदमा उठ्यो छानबिनको माग >>   जनताका प्रश्नको उत्तर नपाएरै रित्तो हात फर्किनुपर्‍योः सांसद राई >>   म्यादी प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरणः मनिष झाको संयोजकत्वमा अध्ययन समिति गठन >>   म्यादी प्रहरीको कपडा खरिद प्रकरणमा लेखा समितिको मौनताप्रति खगेन्द्र सुनारको प्रश्न >>   नेपाल एयरलाइन्स अब बिग्रिने ठाउँ नै छैन, निजी कम्पनी हुन्थ्यो भने बन्द भैसक्थ्यो:पर्यटनमन्त्री >>   नेपाल वायुसेवा निगमको लज्जास्पद अवस्था अन्त्य गर्न आवश्यकःएमाले सांसद कार्की >>   संकटको घेरामा नेपाल वायुसेवा निगम: महँगो ऋण र जहाज अभावले थलिए राष्ट्रिय ध्वजावाहक >>   सरकार ठिक ढंगले अगाडि बढ्न सकेनः प्रचण्ड
Logo
१६ आश्विन २०८३, शुक्रबार
१६ आश्विन २०८३, शुक्रबार

रास्ट्रपति बाट गणेशमान सिंहको पूर्णकदको सालिक अनावरण


२,असोज ,भक्तपुर। राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रलाई राज्यसञ्चालनको एउटा माध्यममात्र होइन जीवन दर्शन र संस्कार बनाएर गणेशमान सिंहले देखाउनुभएको बाटोमा हिड्न सक्यौ भनेमात्र उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने धारणा व्यक्त गर्नुभएको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको व्यक्तित्व र योगदानलाई चीरस्मरणीय बनाउन भक्तपुरको कटुञ्जेमा निर्माण गरिएको गणेशमान बाटिकामा रहेको सिंहको पूर्णकदको शालिक मंगलबार अनावरण गर्दै राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गर्नुभएको हो ।

“त्याग, आदर्श र निष्ठाको राजनीतिलाई मन, वचन र कर्मले गणेशमानजीले निर्वाह गर्नुभएको काम सबैका लागि सँंधै प्रेरणा बन्नेछ भन्ने मैले विश्वास लिएको छु । राजनीतिलाई सत्ता र शक्तिको साधन होइन राष्ट्रनिर्माणको लागि जीवन समर्पित गर्ने आदर्श, त्याग र निष्ठाको निष्काम कर्म हो भनेर प्रमाणित गर्ने गणेशमानजीको यही जीवन दर्शनको सन्देश हामीले वर्तमान र भावी पुस्तासम्म पुर्याउन सक्नुपर्छ”, उहाँले भन्नुभयो । गणेशमानजीसँगको साथ र सान्निध्यता जुन मैले मेरो राजनीतिक जीवनमा पनि पाएँ र जुन आज मेरो स्मृतिमा पनि ताजै छन्, त्यसले आफूलाई सदैव सत्य, निष्ठा र आदर्शको बाटोमा हिड्न अभिप्रेरित गरिरहेको राष्ट्रपति पौडेलको भनाइ थियो ।

नेपालमा २००७ सालको क्रान्तिले एक सय चार वर्ष लामो मध्ययुगीन बन्द समाज र जहानीयाँं शासनको अन्त्य गरेसँगै प्रजातान्त्रिक युगको प्रारम्भ भएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सातदेखि सत्र सालको दशक प्रजातन्त्र पल्लवित पुष्पित हुँदै नेपाललाई सामाजिक, आर्थिक र सांस्कृतिक रुपान्तरणसहित आधुनिक युगतर्फ डोर्याउने एउटा ऐतिहासिक कालखण्ड पनि थियो भन्नुभयो । “तर, सत्र सालको कू ले यो प्रगतिशील बाटोमा अवरोध सृजना गर्यो । परिणामत तीस वर्षे लामो पञ्चायतको एक दलीय निरंकुश शासनमात्र होइन गरीवी, अशिक्षा र पछौटेपनको एउटा बन्दसमाजबाट फेरि नेपालीहरूले गुज्रन बाध्य हुनुपर्यो”,

उहाँले भन्नुभयो । राणा र पञ्चायतजस्तो जहानीयाँं तथा एकदलीय शासन व्यवस्थालाई जरैसँंग उखेल्ने कठिन र दुरुह संघर्ष अनि त्याग र बलिदानका कैयौ कष्टकर दिनहरूमा आफूलाई न्यौछावर गरेर प्रजातान्त्रिक सिद्धान्त, मूल्य, मान्यता र संगठनलाई नेपाली भूमिमा बलियो, सुदृढ र व्यवस्थित बनाउन जीवनपर्यन्त गणेशमान सिंह अविश्राम लागिपर्नुभएको उहाँको भनाइ थियो । “जेलनेल, निर्वासन र क्रान्तिका कठिन समयमा पनि लोकतन्त्रको पक्षमा सतिसाल झंै उभिने मात्र नभएर आफ्नो विचार र अडानमा अडिग रहने सिंहको स्वभाव हामीजस्ता लोकतन्त्रमा लाग्ने र लड्नेहरूका लागि प्रेरणाको अजस्र स्रोत बन्यो र अझै बनिरहने छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

२०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहले आन्दोलन सफल भएपछि तत्कालीन राजाबाट प्रधानमन्त्री पदको लागि गर्नुभएको आग्रहलाई अस्वीकार गरी आफ्ना समकक्षीलाई त्यसको नेतृत्व सुम्पनुभएको प्रसङग स्मरण गर्दै उहाँले यस्ता महापुरुषका नाममा स्थापित गरिएको करिब एक सय ७५ रोपनी क्षेत्रफलमा फैलिएको बाटिकामा रहेको विविध जातका रुख विरुवासहितको पूर्वाधार तथा मनोरम वातावरणले व्यस्त जीवनशैलीका उपत्यकावासीका लागि उन्मुक्त भएर स्वच्छन्द वातावरणमा रम्ने एउटा उपयुक्त स्थल बन्न सक्ने धारणा व्यक्त गर्नुभयो ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले बाटिकाको बाँकी काम सम्पन्न गर्न सरकारले पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यसैगरी सांसद प्रकाशमान सिंहले राजनीतिक परिवर्तनलाई दिगो बनाउनका लागि आर्थिक विकास अपरिहार्य रहेको भनेर गणेशमानले २०४६ सालपछि भनेको कुरा अझै सान्दर्भिक रहेको बताउनुभयो । सो क्रममा बाटिका निर्माणमा महत्वपूर्ण सहयोग गरेको भन्दै पूर्व सांसद रामेश्वर ढुंगेललाई मरणोपरान्त सम्मान गरिएको थियो । त्यस्तै गणेशमान सिंहको शालिक बनाउने मूर्तिकार महेश तुलाधरलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।


प्रकाशित मिति: २ आश्विन २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?