Trending
>>   रास्वपाले नेपाललाई परराष्ट्र र अन्तर्राष्ट्रिय सम्बन्धमा भारतको सहमतिमा चल्ने राष्ट्र बनाउन चाहेको हो ? >>   पहिलो खेलमै सुदूरपश्चिम रोयल्सको हार टर्‍यो – इशान पाण्डे >>   एनपिएलः सुदूरपश्चिमको पहिलो जित >>   दलहरुलाई प्रमुख निर्वाचन आयुक्त कार्कीको आग्रह >>   रास्वपाका सबै सांसद व्यक्ति विशेषको निर्देशनमा परिचालित छैनन्ः सांसद खरेल >>   विदेशमा रहेका नेपालीलाई मताधिकारको माग गर्दै उज्यालो नेपाल पार्टी निर्वाचन आयोगमा >>   स्थानीय तहको निर्वाचन ‘घण्टीमय’ हुँदैनः कुलमान घिसिङ >>   देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली >>   जतिसुकै विद्वान् किन नहोस्, नेपालीलाई हामी विद्वान ठान्दैनौँः केपी ओली >>   हाँडीगाउँमा मनाइयो ‘कहीँ नभएको जात्रा’ (तस्बिरसहित)
Logo
१२ कार्तिक २०८३, बिहीबार
१२ कार्तिक २०८३, बिहीबार

नकारात्मक सन्देशको निरन्तरताले काँग्रेस सशक्त बन्न सक्दैनः प्रदीप पौडेल


काठमाडौँ। स्वास्थ्य तथा जनसंख्यामन्त्री एवं नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले नकारात्मक सन्देशको निरन्तरताले नेपाली काँग्रेस सशक्त बन्न नसक्ने बताएका छन् ।

शुक्रवार काठमाडौंमा अयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएक छन् । उनले काँग्रेसले आफूलाई जिम्मेवारी दिएर सरकारमा पठाएको र जिम्मेवारी प्रभावकारी ढंगबाट निर्वाह गर्ने प्रतिवद्धता जनाए । सरकारमा गइसकेपछि जनताका बीचमा प्रचार गर्नेगरी उपलब्धिहरु देखाउन सक्नुपर्ने बताए । राजनीतिमा म्यासेज सबैभन्दा ठूलो कुरा हुने भन्दै सकारात्मकता बढाउने गरी काम गर्नुपर्ने बताए ।

मन्त्री पौडेलले भने, ‘मलाई नेपाली काँग्रेस पार्टीले सरकारमा जिम्मेवारी दिएर पठाएको छ । त्यो जिम्मेवारी प्रभावकारी ढंगबाट निर्वाह गर्नेछु । म भन्दा धेरै योगदान गर्नुभएका साथीहरु बाहिर हुनुहुन्छ । बाहिर रहनुभएका साथीहरुलाई म सरकारभित्र बसेर जनताका बीचमा प्रचार गर्नेगरी उपलब्धिहरु मैले देखाउन सक्नुपर्छ । नेपाली काँग्रेसको तर्फबाट सरकारमा गएको यो यो मन्त्रीले यि काम गरे भनेर जनतालाई भन्ने आधारहरु मैले बनउन सक्नुपर्छ । राजनीतिमा म्यासेज सबैभन्दा ठूलो कुरा हो । नकारात्मक म्यासेजको निरन्तरताले नेपाली काँग्रेस पार्टी सशक्त हुन सक्दैन । सकारात्मकता बढाउने गरी काम गर्नुपर्छ । ’

मन्त्री पौडेलले आफूले स्वास्थ्य क्षेत्रमा केही सुधार गर्ने प्रयत्न गरिरहेको बताए । काँग्रेसलाई आफ्नो कार्यशैलीबाट लोकप्रिय बनाउनुपर्ने बताए। नेपाली राजनीतिमा प्रतिष्पर्धात्मक परिस्थिति बनेको बताए ।


प्रकाशित मिति: १६ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?