Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१८ माघ २०८२, आईतवार
१८ माघ २०८२, आईतवार

दोधारा चाँदनी सुक्खा बन्दरगाह : निर्माण प्रक्रियाले गति लिँदा पलाएको आशा


१ ,असोज ,महेन्द्रनगर । कञ्चनपुरको दोधारा चादँनीमा सख्खा बन्दरगाह प्रस्ताव भएको करिब डेढ दशकपछि यसको निर्माण प्रक्रियाले गति पाएपछि सुदूरपीश्चमकै आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास गरिएको छ ।

गत फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुक्खा बन्दरगाह निर्माणस्थल दोधारा चादँनी नगरपालिका–१ मा निरीक्षण गरेयता उक्त आयोजनाले निर्माण प्रक्रियालाई गति दिएको छ ।

प्रधानमन्त्रीले स्थलगत निरीक्षणपछि गत जेठमा भारत भ्रमणका क्रममा सुक्खा बन्दरगाह निर्माणले उच्च प्राथमिकता दिँदै भारतले आगामी तीन वर्षमा बनाइदिने सहमति पत्र (ओएमयू) मा हस्ताक्षर गरेपछि आर्थिक विकास हुने अपेक्षा हुँदै आएको होे ।

दुवै देशको प्रधानमन्त्री स्तरमा भएको उक्त सम्झौतापछि भारतीय पक्ष पनि सुक्खा बन्दरगाह निर्माणमा चासो दिएर स्थलगत अनुगमनमा जुट्न थालेको छ । सोमबार नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पूर्वमन्त्री रमेश लेखक र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले संयुक्त रुपमा सुक्खा बन्दरगाह स्थलको अनुगमन गरे ।

सुदूरपश्चिम प्रदेशको आर्थिक स्मृद्धिमा भरपुर सहयोग पुग्ने सुक्खा बन्दरगाह सञ्चालन, कञ्चनपुरलाई नेपाल–भारत र चीनबीचको त्रिदेशीय नाकाका रुपमा विकास गर्न खोजिएको विषयले प्रक्रियागत रुपमा बढावा पाउन थालेपछि स्थानीयवासी हर्षित छन् ।

जिल्ला समन्वय समिति कञ्चनपुरले सुक्खा बन्दरगाह निर्माण स्थलमा आयोजना गरेको कार्यक्रममा कांग्रेसका प्रमुख सचेतक लेखकले सुक्खा बन्दरगाह निर्माणका लागि मन्त्रिपरिषद्को बैठकले जग्गा निर्धारण गरी सेकेको बताए ।

“अब यहाँ छिट्टै सुक्खा बन्दरगाह निर्माणको काम अघि बढ्छ”, लेखकले भने, “सुक्खा बन्दरगाह कञ्चनपुरको मात्रै नभएर यसले देशको आर्थिक विकासमा जोड दिनेछ ।”

निर्वाचनका बेला नेता लेखकले सुक्खा बन्दरगाह निर्माणसँगै कञ्चनपुरलाई नेपाल–भारत र चीनको त्रिदेशीय नाका बनाउने विषय मुख्य चुनावी एजेन्डासमेत बनाएका थिए । त्यसैगरी राजदूत श्रीवास्तबले भारत सरकारले अनुदानमा निर्माण गरिने भएकाले सोको स्थलगतको अनुगमन गर्न दोधारा चाँदनी आएको बताए ।

“डिपिआर स्वीकृत भएपश्चात् समयमै सुक्खा बन्दरगाह निर्माण हुनेछ”, उनले भने । दोधारा चाँदनी नगरपालिकाको गौरीशङ्कर र मायापुरी सामुदायिक वन क्षेत्रको दुई सय ८० बिघा जमिन अधिग्रहण गरी सुक्खा बन्दरगाह निर्माण हुनेछ ।

झन्डै रु ६ अर्ब लागतमा चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी (आइसिपी) निर्माण हुनेछ । सुदूरपश्चिमको व्यापारलाई सहजीकरण गर्न आइसिपी निर्माण हुन लागेको हो । सोही सुक्खा बन्दरगाहको करिब एक किलोमिटर वर महाकाली नदीमा चार लेनको पक्की पुल र ६ लेनको पहुँच मार्गसमेत निर्माण भइसकेको छ ।

केही समयअघि चाँदनी दोधारामा एकीकृत भन्सार जाँच चौकी निर्माण गर्न भारतले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को मस्यौदा नेपाललाई पठाएको थियो । पहिलो चरणमा सडक सञ्जाल र दोस्रो चरणमा रेलवे कनेक्सन निर्माण गरिने योजना छ ।

वनको ४० हेक्टर क्षेत्रफल रहेको जग्गामा निर्माण हुन लागेको आइसिपीमा दुईवटा गोदाम भवन, भन्सार चेक जाँच, क्वारेन्टिन, इमिग्रेसन भवन, सुरक्षा भवनलगायतका अन्य पूर्वाधार निर्माण हुनेछन् ।

जसका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृति भइसकेको छ । इआइए प्रतिवेदनअनुसार एक हजार नौ सय वटा रूख काट्नुपर्ने छ ।

आज भएको स्थलगत निरीक्षणमा कांग्रेस प्रमुख सचेतक लेखक, भारतीय राजदूत श्रीवास्तव, सुदूरपश्चिम प्रदेशसभा सदस्य बेलबहादुर रानामगर, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरालगायत स्थानीय जनप्रतिनिधीहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?