Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

सबै अतिबादी सोँचबाट बच्नुपर्छ: अध्यक्ष तिमिल्सिना


काठमाण्डौ, असोज १: राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल सधै सबैखालका अतिबादको बिरुद्धमा रहेको धारणा ब्यक्त गर्नुभएको छ । मुस्लिम आयोगले सोमबार काठमाण्डौमा आयोजना गरेको ‘इस्लाममा सहिष्णुता तथा सहअस्तित्व र सामाजिक शान्ति प्रर्बद्धनमा यसको भूमिका’ बिषयक गोष्ठीमा बोल्दै उहाँले सबै नेपाली अतिबादको बिरुद्ध र शान्तिको पक्षमा रहेका छन भन्नुभयो ।

“मानिस चेतना र विवेकका हिसाबले सर्वश्रेष्ठ प्राणी भएपनि अहिले पनि धार्मिक, जातीय तथा भौगोलिक हिसाबले अतिवादी सोच राख्नेहरुले हिंसा मच्चाउन छाडेका छैनन”, उहाँले भन्नुभयो “मानव भएर पनि यस्ता अतिवादी सोच राख्नेहरु समाज र बिश्वकै लागि कंलक शिवाय केही होइनन ।” अध्यक्ष तिमिल्सिनाले हामी सबै बिभिन्न खाले अतिबादी सोचबाट बच्न आवश्यक छ भन्नुभयो । मानव मानवका बिचमा बिभेद गर भनेर कुनै पनि धर्मले भन्दैन उहाँले भन्नुभयो । सबै धर्मको अर्थ बिभेद होइन । नेपालको नयाँ संबिधानले सबै धर्म मान्नेहरुलाई समान दृष्टिकोण राखेको कुरामा जोड दिदै अध्यक्ष तिमिल्सिनाले संबिधानले बिभेद नगरेपनि यसको कार्यान्वयन भने चुनौतीपूण रहेको छ भन्नुभयो ।

 

नयाँ शिक्षा ऐनले पछाडी पारिएका भाषाभाषीहरुले शिक्षा आर्जन गर्ने बिषयलाई सहज बनाउने बिश्वास पनि गर्नुभयो । अर्को प्रसंगमा उहाँले मुलुकमा रहेका सम्बैधानिक आयोगहरुको प्रभावकारिता र आवश्यकताका बिषयमा दश दश बर्षमा पूनरावलोकन गर्न आवश्यक छ भन्नुभयो । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा साउदी अरेबियाको इस्लामिक मामिला मन्त्रालयका सचिब डा. अवाद साब्ती अल्नाजीले सबै जनताका बिचमा सहअस्त्वि बढाउने तथा सबै खाले अतिबाद र आतंकबादका बिरुद्ध आवाज उठानुपर्छ भन्नुभयो ।

 


प्रकाशित मिति: १ आश्विन २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?