Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

हवाईको डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या ९७ भएको पुष्टि


३१ भदाै, एजेन्सी । अमेरिकाको हवाई राज्यको माउइ राज्यमा लागेको डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या ११५ बाट घटाएर ९७ मा झारिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् । माउईका प्रहरी प्रमुख जोन पेलेटियरले शुक्रबार अपरान्ह पत्रकार सम्मेलन गरी मृतकको सङ्ख्यामा कमी आएको घोषणा गरेको राज्यको प्रमुख स्थानीय समाचार संस्था हवाई न्यूज नाउले जनाएको छ ।

अधिकारीहरूले ‘अवशेषहरूको सूचीकरण गर्ने कठिन प्रयासको बीच’ मृतकहरूको सङ्ख्या समायोजन गरेका छन् । “मृतकमध्ये धेरको प्ररा शरिर छैन र केहीको मृत शरिर खराब अवस्थामा छन्,” रिपोर्टमा भनिएको छ ।

अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, “भेटिएका अवशेषको डिएनए विश्लेषणले केही अपूर्ण मृत शरिरहरूलाई एउटै भएको पुष्टि गरेपछि मृत्युहुनेको सङ्ख्यामा संशोधन गरिएको हो ।

‘डिफेन्स पीओडब्ल्यू÷एमआईए एकाउन्टिङ एजेन्सी’का प्रयोगशाला निर्देशक जोन बर्डले भन्नुभयो, “पहिलेको सङ्ख्या अनुमानमा आधारित थियो, जसमा शवगृहमा पठाइएका शरीरका झोलाहरूको सङ्ख्या पनि समावेश थियो । साथै, पानीमा भेटिएका गैर–मानव अवशेषहरू पनि यसपहिले गणनामा समावेश थिए ।

तीमध्ये ७४ जनाको आधिकारिक पहिचान भइसकेको र पहिचान हुन नसकेकाको सङ्ख्या ३१ मा झरेको प्रतिवेदनमा उल्लेख छ । अधिकारीहरूले गत हप्ता विनाशकारी डढेलोपछि ६६ जना अझै हराइरहेको बताएका थिए । अगष्ट ८ मा सुरु भएको डढेलो माउईको ऐतिहासिक शहर लाहैनामा फैलिएको थियो ।

अधिकारीहरूले यस डढेलोका कारण कम्तीमा ११५ जनाको मृत्यु भएको घोषणा गरेका थिए, जसले गर्दा हवाईको इतिहासकै सबैभन्दा भयानक प्राकृतिक प्रकोप र एक शताब्दीयताकै सबैभन्दा घातक अमेरिकी डढेलोमध्ये एक भएको थियो ।


प्रकाशित मिति: ३१ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?