Trending
>>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह >>   शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्छौंः प्रधानमन्त्री बालेन्द्र शाह >>   गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ : ओली >>   बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् >>   शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

हवाईको डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या ९७ भएको पुष्टि


३१ भदाै, एजेन्सी । अमेरिकाको हवाई राज्यको माउइ राज्यमा लागेको डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या ११५ बाट घटाएर ९७ मा झारिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जानकारी दिएका छन् । माउईका प्रहरी प्रमुख जोन पेलेटियरले शुक्रबार अपरान्ह पत्रकार सम्मेलन गरी मृतकको सङ्ख्यामा कमी आएको घोषणा गरेको राज्यको प्रमुख स्थानीय समाचार संस्था हवाई न्यूज नाउले जनाएको छ ।

अधिकारीहरूले ‘अवशेषहरूको सूचीकरण गर्ने कठिन प्रयासको बीच’ मृतकहरूको सङ्ख्या समायोजन गरेका छन् । “मृतकमध्ये धेरको प्ररा शरिर छैन र केहीको मृत शरिर खराब अवस्थामा छन्,” रिपोर्टमा भनिएको छ ।

अधिकारीहरूलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, “भेटिएका अवशेषको डिएनए विश्लेषणले केही अपूर्ण मृत शरिरहरूलाई एउटै भएको पुष्टि गरेपछि मृत्युहुनेको सङ्ख्यामा संशोधन गरिएको हो ।

‘डिफेन्स पीओडब्ल्यू÷एमआईए एकाउन्टिङ एजेन्सी’का प्रयोगशाला निर्देशक जोन बर्डले भन्नुभयो, “पहिलेको सङ्ख्या अनुमानमा आधारित थियो, जसमा शवगृहमा पठाइएका शरीरका झोलाहरूको सङ्ख्या पनि समावेश थियो । साथै, पानीमा भेटिएका गैर–मानव अवशेषहरू पनि यसपहिले गणनामा समावेश थिए ।

तीमध्ये ७४ जनाको आधिकारिक पहिचान भइसकेको र पहिचान हुन नसकेकाको सङ्ख्या ३१ मा झरेको प्रतिवेदनमा उल्लेख छ । अधिकारीहरूले गत हप्ता विनाशकारी डढेलोपछि ६६ जना अझै हराइरहेको बताएका थिए । अगष्ट ८ मा सुरु भएको डढेलो माउईको ऐतिहासिक शहर लाहैनामा फैलिएको थियो ।

अधिकारीहरूले यस डढेलोका कारण कम्तीमा ११५ जनाको मृत्यु भएको घोषणा गरेका थिए, जसले गर्दा हवाईको इतिहासकै सबैभन्दा भयानक प्राकृतिक प्रकोप र एक शताब्दीयताकै सबैभन्दा घातक अमेरिकी डढेलोमध्ये एक भएको थियो ।


प्रकाशित मिति: ३१ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?