Trending
>>   मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडक अनुगमन, दशैँअघि नै खाल्डा पुर्न निर्देशन >>   फागुन २१ मा जसरी पनि निर्वाचन सम्पन्न गराउनुछः सञ्चारमन्त्री खरेल >>   शिक्षा मन्त्रालय अन्तर्गतका विभागमा भइरहेको ढिलासुस्ति तत्काल अन्त्य गर्न मन्त्री पुनको निर्देशन >>   शहीद परिवारलाई रोजगारी दिन उद्योगीहरुलाई उद्योगमन्त्रीको आग्रह >>   मल अभावको समस्या हटाउने प्रयास गर्छुः कृषिमन्त्री परियार >>   विज्ञहरुको सुझावअनुसार काम गर्छुः शिक्षामन्त्री पुन >>   अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, १ सय ३७ मुद्दा विशेष अदालतमा दायर >>   नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण (तस्बिरहरु) >>   दशैँ शुरुः राखियो जमरा >>   अमेरिकाको आपत्तिका बाबजुद बेलायतद्वारा प्यालेस्टाइन राज्यलाई मान्यता
Logo
७ आश्विन २०८२, मंगलवार
७ आश्विन २०८२, मंगलवार

हाम्रा लागि प्रदर्शक र निर्माता बराबर हुन् : अभिनेता गिरी


३० भदौ, काठमाडौँ । अभिनेता तथा निर्माता दीपकराज गिरीले आफ्ना लागि प्रदर्शक र निर्माता बराबर रहेको बताएका छन् । उनि अहिले अभिनेता तथा निर्मातासँगै प्रदर्शक पनि बनेका छन् । गिरीले साथीहरूसँगको सहकार्यमा एउटा चलचित्र भवन सञ्चालन गरेका हुन् ।

शेयर बाँडफाँट, शेयर सङ्ख्यालगायत विषयमा निर्माताकोतर्फबाट सुनिने असन्तुष्टि आफूले कम गर्न प्रयास गर्ने अभिनेता गिरीले बताए । उनले भने, “हामी निर्माताले चलचत्रि भवनबाट प्राप्त गर्ने पैसा निर्माता र प्रदर्शकको बराबर होस्, ५०/५० प्रतिशत होस्, हाम्रो चलचित्र भवनबाट प्रदर्शक र निर्माताले बराबर पैसा पाउनेछन् ।” यो नियम नेपाली चलचित्रको हकमा लागू गरिने गिरीको भनाइ थियो ।

वितरक करण श्रेष्ठका अनुसार प्रदर्शनको पहिलो दुई सातासम्म ५०÷५० प्रतिशत शेयर र त्यसपछि ३५ प्रतिशत निर्माता र ६५ प्रतिशत प्रदर्शकले पाउने गरेका छन् । यो रकममा लाग्ने विभिन्न खर्च कटाएर मात्र निर्माताले पैसा पाउने गरेका उनले जनाउँदै केही प्रदर्शकले ५० प्रतिशत नै दिने गरेको जानकारी दिए ।

“चलचित्रको व्यापार कम भएमा त्यसमा सम्झौताअनुसारको काटछाँट हुँदैन । केही चलचित्र भवनले ५० प्रतिशत नै शेयर उपलब्ध गराउँदै आइरहेका छन्”, श्रेष्ठले भने, “नयाँ प्रदर्शकमार्फत हुने घोषणाले निर्मातालाई उत्साहित नै बनाउँछ ।”


प्रकाशित मिति: ३० भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?