Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

सडक दुर्घटनामा सात जनाको मृत्यु


३० भदाै, एजेन्सी । उत्तर प्रदेशको मथुरामा दिल्ली–आग्रा राष्ट्रिय राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । राज्यको रायबरेलीमा आजै भएको अर्को सवारी दुर्घटनामा तीन जनाले ज्यान गुमाएका प्रहरीले जनाएको छ ।

दिल्ली–आग्रा राष्ट्रिय राजमार्गमा द्रुत गतिमा हुइँकिएको कारले रोकेर राखेको ट्रकलाई ठक्कर दिँदा कारमा रहेका तीन जना र ट्रक चालकको घटनास्थलमा ज्यान गएको प्रहरी अधिकृत मार्तण्डप्रकाश सिंहले बताएका छन् । आफूले रोकेको ट्रकको अवस्थिति निरीक्षण गरिरहेका ट्रक चालकलाई विपरीत दिशाबाट आएको कारले ठक्कर दिँदा उनको घटनास्थलमा नै ज्यान गएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ ।राज्यको अलिगढबाट मथुरा नजिकैको कोकिलावन धाम शनि मन्दिरतर्फ गइरहेका उनीहरू अलिगढका बासिन्दा हुन्भने ट्रक चालक बिहारको छपराका निवासी हुन् ।

प्रहरीका अनुसार रायबरेलीमा भएको दुर्घटनाग्रस्त कारमा पाँच जना सवार थिए । उक्त दुर्घटनामा गम्भीर घाइते भएका दुई जना बालबालिकाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उक्त कारमा दुई जना पुरुष र एक महिला थिए । दुवै दुर्घटनाको अनुसन्धान भइरहेको छ ।


प्रकाशित मिति: ३० भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?