Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

साताको शेयर बजार : चार दिनको कारोबारमा एक दिन घट्यो तीन दिन बढ्यो नेप्से


३० भदौ, काठमाडौँ । याे साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो । कूल चार दिनको कारोबारमा तीन दिन बढेको बजार एक दिन घटेकोे थियो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार शेयर बजारमा यो हप्ता चार दिनमा कूल रू पाँच अर्ब १० करोड ९५ लाख ५९ हजार सात सय २१ बराबरको कारोबार भएको छ ।  साताको पहिलो दिन आइतबार परिसूचक १० दशमलव २३ अङ्कले बढेर एक हजार नौ सय ४२ दशमलव ६८ पुगेर रू एक अर्ब सात करोड २२ लाख १२ हजार चार सय १८ मूल्य बराबरको कारोबार भएको थियो । उक्त दिन ३३ हजार ६४ पटकको कारोबारमा ४३ लाख १४ हजार चार सय १७ इकाइ शेयर कारोबार भएको थियो ।

त्यस्तै कारोबरको दोस्रो दिन सोमबार परिसूचक ४४ दशमलव ३० अङ्कले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ अङ्कमा पुगेको थियो । यस दिन विभिन्न कम्पनीका कूल ४७ लाख ४२ हजार पाँच सय ११ कित्ता शेयर ३७ हजार सात सय ९९ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार तीन सय ९७ बराबरको कारोबार भएको थियो ।

साताको काराबारमा लगातार दुई दिन बढेर तेस्रो दिनको कारोबार भने घटेको थियो । मङ्गलबार नेप्से परिसूचक १९ दशमलव ४२ अङ्कले घटेर एक हजार नौ सय ६७ दशमलव ४२ अङ्कको विन्दुमा आएको थियो । यस दिन दुई सय ७६ कम्पनीका ३९ लाख १६ हजार एक सय ६१ कित्ता शेयर २६ हजार तीन सय दुई पटक खरिद बिक्री हुँदा रू एक अर्ब १३ करोड ५० लाख ५७ हजार पाँच सय १५ बराबरको कारोबार भएको छ ।

बुधबारको कारोबार मापक नेप्से परिसूचक अघिल्लो दिनका तुलनामा ३९ दशमलव ४८ अङ्कले बढेर दुई हजार सात दशमलव ०६ अङ्कमा पुगेको थियो । यस दिन दुई सय ७५ कम्पनीको ५१ लाख ४४ हजार सात सय २४ कित्ता शेयर ३६ हजार ४५ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ४९ करोड ५५ लाख २१ हजार नौ सय पाँच बराबरको कारोबार भएको थियो । बिहीबार संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङका निधनमा सरकारले राष्ट्रिय शोक घोषणा गरेकाले नेप्सेसमेत बन्द भएको थियो भने शुक्रबार कारोबार बन्द हुने गरेको छ ।


प्रकाशित मिति: ३० भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?