Trending
>>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य >>   राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ आजको कार्यसूची >>   बालेनको चुनावी अभियान आज कैलाली र कञ्चनपुरमा >>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा
Logo
१४ माघ २०८२, बुधबार
१४ माघ २०८२, बुधबार

सुधार पर्याप्त नभएको स्पेनी महिला फुटबल टोलीका अधिकांश सदस्यको भनाइ


३० भदाै, एजेन्सी । स्पेनको महिला विश्वकप टोलीका लगभग सबै खेलाडीले स्पेनिस फुटबल महासङ्घले हालै गरेको परिवर्तनले राष्ट्रिय टोली सुरक्षाको अनुभूति दिन नसकेको बताएका छन् ।

उनीहरूले हालै सम्पन्न महिला विश्वकपमा स्पेनी टालीले उपाधि जित्न सफल भएपछि स्पेनी प्रशिक्षकद्वारा एक खेलाडीलाई चुम्बन खाएपछि यस प्रकरणका कारण विश्वव्यापी रूपमा स्पेन र स्पेनी प्रशिक्षकको आलोचना भएको थियो । यसै विवादबारे समाधानका लागि भन्दै महासङ्घले केही नीतिगत सुधारको आश्वासन दिएको छ । तर फुटबलका स्पेनी महिला खेलाडीले सुधार पर्याप्त नभएको जनाएका हुन् ।

महिला विश्वकप टोली एक्समा फुटप्रो युनियनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीले आज महासङ्घलाई जानकारी गराएका छौं, जहाँ महिला फुटबललाई समर्थन गरिन्छ त्यहाँ हामीले हाम्रो अधिकतम प्रदर्शन दिन सक्छौँ । तर पछिल्लो परिवर्तनपछि पनि खेलाडीहरू आफू सुरक्षित स्थानमा रहेको महसुस गर्न पर्याप्त छैन ।”

विज्ञप्तिमा महिला राष्ट्रिय टोलीका २३ खेलाडीमध्ये २१ खेलाडीले हस्ताक्षर गरेका छन् ।


प्रकाशित मिति: ३० भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?