Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सुधार पर्याप्त नभएको स्पेनी महिला फुटबल टोलीका अधिकांश सदस्यको भनाइ


३० भदाै, एजेन्सी । स्पेनको महिला विश्वकप टोलीका लगभग सबै खेलाडीले स्पेनिस फुटबल महासङ्घले हालै गरेको परिवर्तनले राष्ट्रिय टोली सुरक्षाको अनुभूति दिन नसकेको बताएका छन् ।

उनीहरूले हालै सम्पन्न महिला विश्वकपमा स्पेनी टालीले उपाधि जित्न सफल भएपछि स्पेनी प्रशिक्षकद्वारा एक खेलाडीलाई चुम्बन खाएपछि यस प्रकरणका कारण विश्वव्यापी रूपमा स्पेन र स्पेनी प्रशिक्षकको आलोचना भएको थियो । यसै विवादबारे समाधानका लागि भन्दै महासङ्घले केही नीतिगत सुधारको आश्वासन दिएको छ । तर फुटबलका स्पेनी महिला खेलाडीले सुधार पर्याप्त नभएको जनाएका हुन् ।

महिला विश्वकप टोली एक्समा फुटप्रो युनियनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामीले आज महासङ्घलाई जानकारी गराएका छौं, जहाँ महिला फुटबललाई समर्थन गरिन्छ त्यहाँ हामीले हाम्रो अधिकतम प्रदर्शन दिन सक्छौँ । तर पछिल्लो परिवर्तनपछि पनि खेलाडीहरू आफू सुरक्षित स्थानमा रहेको महसुस गर्न पर्याप्त छैन ।”

विज्ञप्तिमा महिला राष्ट्रिय टोलीका २३ खेलाडीमध्ये २१ खेलाडीले हस्ताक्षर गरेका छन् ।


प्रकाशित मिति: ३० भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?