Trending
>>   हात देऊ प्रिय >>   जर्मनीमा कांग्रेसको निर्वाचन प्रचार समिति >>   यसकारण कांग्रेसलाई तपाईंको मन र मत >>   नेपाली र भारतीय फिल्मका चर्चित अभिनेता सुनिल थापाको निधन >>   प्रभु बैंकको सीईओमा सुमन शर्मा, शेरचनले दिए राजीनामा >>   डिजिटल नागरिकता सेवामा काभ्रेपलाञ्चोक अगाडि :वडा तहबाटै अनलाइन सिफारिस सफल >>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त
Logo
२६ माघ २०८२, सोमबार
२६ माघ २०८२, सोमबार

प्रिगोजिन चढेको विमान दुर्घटनाको अनुसन्धान आफ्नै गतिमा चलेको क्रेमलिनको दावी


३० भदाै, एजेन्सी । वाग्नर प्रमुख येभेगिनी प्रोगोजिन चढेको विमान दुर्घटनाको अनुसन्धान सुस्त गतिमा भएको भनी आएका आरोपहरूको खण्डन गर्दै अनुसन्धान निरन्तर गतिमा चलिरहेको रूसी प्रशासनिक केन्द्र, क्रेमलिनले शुक्रबार जनाएको छ ।

रूसी निजी लडाकू समूह वाग्नर प्रमुख प्रोगोजिनको विमान दुर्घटनामा निधन भएकोबारे छानविन सुरू भएको भनिएको तीन हप्तासम्म पनि कुनै अपडेट नगराइएको भन्दै पश्चिमी सञ्चारमाध्यमहरूमा आलोचना व्याप्त बनेपछि क्रेमलिनले यसको खण्डन गरेको हो ।

पश्चिमी राष्ट्रहरूले अगस्ट २३ मा मस्को र सेन्टपिटर्सवर्गबीचको आकाशमा भएको दुर्घटनामा रूसको भूमिकामाथि आशङ्का व्यक्त गर्दै सत्यतथ्य बाहिर ल्याउन अनुसन्धान गर्न आवाज उठाएका थिए । विमान दुर्घटना प्रोगोजिनले रूसविरूद्ध विद्रोह गर्ने घोषणा गरेको दुई महिनामा भएको थियो ।

यसै हप्ता अर्को विमानलाई साइबेरियामा आपतकालीन अवतरण गराइएको घटनाबारे रूसी अधिकारीले अवतरण गर्नपर्नुका सम्भावित कारणबारे अनुसन्धानपछि तत्काल प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रोगोजिन चढेको विमान दुर्घटनाको अनुसन्धान ढिलो भएको हो भनी सोधिएको प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले भन्नुभयो, “ होइन, मैले विल्कुल त्यस्तो सोच्न सक्दिन । यो सामान्य अनुसन्धान होइन । अहिले नै यस बिषयमा हल्का टिप्पणि गर्नु अपरिपक्वता हुनेछ ।”

विमान दुर्घटनापछि दिएको प्रतिक्रियामा रूसी राष्ट्रपति पुटिनले प्रोगोजिनले रूसी सत्ताविरूद्ध विद्रोह गर्ने घोषणा गर्नु उहाँको जीवनको गम्भीर त्रुटी थियो तर यसपहिले उनले रूसको पक्षमा सही कामका लागि सङ्घर्ष गरेका छन् ।

पुटिनको कार्यकालमा रूसमा क्रेमलिनका विपक्षीहरूको रहस्यमयी मृत्यु भएको इतिहास छ ।


प्रकाशित मिति: ३० भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?