Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

कोशी प्रदेश : प्रदेश लोकसेवा आयोग वार्षिक प्रतिवेदन प्रस्तुत


२९ ,भाद्र ,मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष प्रदेश लोकसेवा आयोगको आर्थिक वर्ष २०७९/८० को चौथो वार्षिक प्रतिवेदन आज यहाँ बुझाइएको छ ।

आयोगका अध्यक्ष उत्तमकुमार भट्टराईले नेपालको संविधानको धारा २४४ अन्तर्गत स्थापना भएको आयोगको ऐन, २०७६ को परिच्छेद ७, दफा ४९ बमोजिम आव २०७९/८० भित्र सम्पादन गरिएका काम कारवाहीको वार्षिक प्रतिवेदन हस्तान्तरण गरे ।

प्रदेश प्रमुख खापुङले प्रतिवेदन बुझ्दै प्रदेश सरकारसँग आयोगको काम कारवाहीलाई सहयोग पु¥याउन योग्य कर्मचारी छनोट र व्यवस्थापन गर्नका लागि नीतिगतरूपमा छलफल गरी अगाडि बढ्ने बताए ।

उनले आयोगले निष्पक्षरूपमा गरेको काम कारवाहीप्रति जनता र राज्यको विश्वास रहेको बताउँदै योग्य कर्मचारीको पदपूर्ति र व्यवस्थापनले स्थायी सरकारको स्वरूपमा बलियो जग निर्माण भएको धारणा राखे ।

आयोगका अध्यक्ष भट्टराईले सूचना प्रविधि, मुद्रण, ओएमआर प्रविधिबाट परीक्षणलगायतका पूर्वाधार निर्माणलाई व्यवस्थित गर्नुका साथै अनलाइन दरखास्त प्रणालीको विकास गरिएको जानकारी दिए ।

आयोगले आव २०७९/८० मा स्थानीय सरकारी सेवाका लागि २४ वटा विज्ञापनमार्फत चार सय ४० पदका लागि दुई सय ८४ पुरुष र एक सय २५ महिला गरी चार सय नौ जना उम्मेदवार नियुक्तिका लागि सिफारिस गरेको छ ।


प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?