Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

नारायणी नदीमा नयाँ पुल उत्तरतर्फ बनाइने


२९ भदौ, चितवन । नारायणगढ बजार नजिकैको नारायणी नदीमा निर्माण गर्न लागिएको नयाँ पुल हाल भएको पुलबाट उत्तरतर्फ (माथिल्लो भागमा) बनाइने भएको छ । पूर्व–पश्चिम राजमार्गको सडकको भागमा पर्ने गरी पुल बनाउन लागिएको हो ।

सडक विभाग अन्तर्गतको पुल महाशाखाले नक्साङ्कनसहित पुल निर्माणका लागि टुण्डी कन्स्ट्रक्सन प्रालिसँग सम्झौता गरिसकेको छ । महाशाखाका सिनियर डिभिजनल इन्जिनियर कृष्ण अधिकारीका अनुसार गत जेठ १९ गते ४८ महिनामा सम्पन्न गर्ने गरी सम्झौता भएको हो ।

पुल अहिले भइरहेको पुलको माथिल्लो अर्थात् उत्तरतर्फ निर्माण हुनेछ । निर्माण कम्पनीले पहिलो एक वर्षमा नक्साङ्कनको काम सम्पन्न गर्नुपर्ने हुन्छ । हाल प्रारम्भिक नक्साको काम कम्पनीले गरिरहेको उहाँले जानकारी दिनुभयो । पुल कम्तीमा चार सय २० मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । भविष्यमा नदीमा पानीजहाज, स्टिमर सञ्चालन गर्दा समस्या नहुने गरी पुल निर्माण गरिनेछ ।

पुल निर्माणका लागि रु एक अर्ब ६८ करोड हाराहारी खर्च हुनेछ । हाल सञ्चालनमा रहेको पुल विसं २०३८ मा निर्माण भएको हो । यो पुलको आयु ७० वर्ष रहेको बताइएको छ ।


प्रकाशित मिति: २९ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?