Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
५ आश्विन २०८३, सोमबार
५ आश्विन २०८३, सोमबार

इण्डियन ट्रेड युनियनको महाधिवेशनका लागि नेपाली प्रतिनिधि दिल्लीमा


काठमाडौ : नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राई भारत प्रस्थान गरेका छन् । उपाध्यक्ष राई भारतीय कांग्रेस आई पार्टीसम्बद्ध ट्रेड युनियन महासंघ इण्डियन नेशनल ट्रेड युनियन कांग्रेस (ईन्टक) को फेब्रुअरी २२ र २३ मा नयाँ दिल्लीमा हुने ३३ औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन मंगलबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनी महाधिवेशनको उद्घाटन सत्रमा अतिथिकोरुपमा सहभागी हुनेछन् ।
७६ वर्ष अगाडि सन् १९४७ मा स्थापित भारतको सबैभन्दा ठुलो सो ट्रेड युनियन महासंघमा करिब ३ करोड ३९ लाख सदस्य छन् । सो संस्थाको ईन्टरनेशनल ट्रेड युनियन कन्फेडेरसनसँग पनि आबद्धता रहि आएको छ । ईन्टकमा २७ वटा फरक–फरक कार्य प्रकृतिका पेशागत संघ स्तरका ट्रेड युनियनहरु आबद्ध छन् । महाधिवेशनमा भारतभरबाट करिब पाँच हजार प्रतिनिधिहरु सहभागी हुनेछन् ।

महाधिवेशनको उद्घाटन कांग्रेस आइका सभापति मल्लिकार्जुन खरगेले गर्ने कार्यतालिका छ । उपाध्यक्ष राई अन्तर्रार्ष्ट्रियस्तरको ट्रेड युनियन इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेसन बेलायतका विश्व कार्यसमिति सदस्य समेत हुन् ।


प्रकाशित मिति: ९ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?