Trending
>>   सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम >>   अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य >>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

इण्डियन ट्रेड युनियनको महाधिवेशनका लागि नेपाली प्रतिनिधि दिल्लीमा


काठमाडौ : नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राई भारत प्रस्थान गरेका छन् । उपाध्यक्ष राई भारतीय कांग्रेस आई पार्टीसम्बद्ध ट्रेड युनियन महासंघ इण्डियन नेशनल ट्रेड युनियन कांग्रेस (ईन्टक) को फेब्रुअरी २२ र २३ मा नयाँ दिल्लीमा हुने ३३ औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन मंगलबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

उनी महाधिवेशनको उद्घाटन सत्रमा अतिथिकोरुपमा सहभागी हुनेछन् ।
७६ वर्ष अगाडि सन् १९४७ मा स्थापित भारतको सबैभन्दा ठुलो सो ट्रेड युनियन महासंघमा करिब ३ करोड ३९ लाख सदस्य छन् । सो संस्थाको ईन्टरनेशनल ट्रेड युनियन कन्फेडेरसनसँग पनि आबद्धता रहि आएको छ । ईन्टकमा २७ वटा फरक–फरक कार्य प्रकृतिका पेशागत संघ स्तरका ट्रेड युनियनहरु आबद्ध छन् । महाधिवेशनमा भारतभरबाट करिब पाँच हजार प्रतिनिधिहरु सहभागी हुनेछन् ।

महाधिवेशनको उद्घाटन कांग्रेस आइका सभापति मल्लिकार्जुन खरगेले गर्ने कार्यतालिका छ । उपाध्यक्ष राई अन्तर्रार्ष्ट्रियस्तरको ट्रेड युनियन इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेसन बेलायतका विश्व कार्यसमिति सदस्य समेत हुन् ।


प्रकाशित मिति: ९ फाल्गुन २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?