Trending
>>   भारत सरकारले बनाइदियो वैद्यनाथ देवनारायण जनता नमूना माध्यमिक विद्यालयको भवन >>   आठ खेलका १४ खेलाडीलाई छात्रवृत्ति >>   नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य >>   एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो >>   एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली >>   १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा >>   राज्यले निर्माण व्यवसायीमाथि आतंक बढायोः मुख्यमन्त्री बानियाँ >>   कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे : अध्यक्ष सिंह >>   जेन–जी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने >>   पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
Logo
५ पुष २०८२, शनिबार
५ पुष २०८२, शनिबार

एसएसबीले कागजपत्र मागेर फर्काइदिएपछि नेपाली पुरूषले महाकालीमा हाम फाले


२८ भदाै, दार्चुला । महाकाली नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । दार्चुला सदरमुकाम खलंगास्थित नेपाल-भारत जोड्ने झोलुङ्गे पुलबाट हाम फालेका उनी बेपत्ता भएका हुन् ।

खलंगाबाट भारतीय बजार जाँदै गर्दा भारतीय प्रहरी एसएसबीले पहिचान खुल्ने कागज पत्र मागेपछि उनले बीच पुलबाटै महाकाली नदीमा हाम फालेको बताइएको छ ।

तर, प्रहरीले एक पुरूष महाकालीमा हाम फालेका जानकारी प्राप्त भएको तर एसएसबीले फर्काएको बारेमा आधिकारिक जानकारी नआएको बताएको छ ।

नदीमा हाम फालेका पुरूषको परिचय खुल्न बाँकी रहेको छ । उनी दार्चुलाको लास्कुको भएको बताइएको छ ।


प्रकाशित मिति: २८ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?