Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

इलाका प्रशासन कार्यालय नराकोटमा कर्मचारी अभाव


२७ भदौ, जुम्ला । सिञ्जा गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय नराकोटमा कर्मचारी नहुँदा नागरिकता वितरण कार्य ठप्प भएको छ ।

कार्यालयमा कर्मचारीको अभाव हँुदा नागरिकता वितरण कार्य बन्द हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । इलाका प्रशासन कार्यालयमा नागरिकता दिने कर्मचारी सरुवा भएर अर्को ठाउँ गएपछि नागरिकता वितरण कार्य बन्द भएको हो ।

सिञ्जा क्षेत्रमा पर्ने हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकालाई लक्षित गरी स्थापना गरिएको इलाका प्रशासन कार्यालयले नागरिकता वितरण गर्दै आएको थियो । यहाँका नागरिकलाई नागरिकता लिने निकै सहज हुने गरेको थियो । अहिले सो सेवा बन्द हुँदा नागरिकहरुलाई फेरि दुःख भएको स्थानीयवासी दलसिंह रोकायाले जानकारी दिए ।

इलाका प्रशासनमा नागरिकता लिने मानिस गइरहे पनि कर्मचारी नभएको भन्दै फर्किने गरेका छन् । इलाका प्रशासन कार्यालयमा केही दिनदेखि कार्यालय प्रमुख नहुँदा सेवा लिन आएका सेवाग्राही सेवा नलिएर घर पर्किने गरेको सिञ्जाका स्थानीयवासी बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार हप्ता, दश दिनअगाडि त्यहाँ निमित्तका रुपमा खटाइएका नायब सुब्बा सुरत गिरीको अर्को ठाउँ सरुवा भएपछि अरू कर्मचारीको खोजी भइरहेको छ । आफूले त्यहाँको कर्मचारी व्यस्थापन गरिदिन भनी गृह मन्त्रालयमा माग गरिसकिएको प्रजिअ घिमिरेले जानकारी दिए ।

इलाका प्रशासन कार्यालयमा कर्मचारीको व्यवस्था नहुँदासम्म जिल्ला सदरमुकाम खलङ्गाबाटै नागरिकताको सेवा  प्रवाह लिन सकिने प्रजिअ घिमिरेको भनाइ छ ।  इलाका प्रशासन कार्यालयमा अधिकृतस्तरको दरबन्दी रहे पनि पदपूर्ति हुन सकेको छैन । मन्त्रालयले दरबन्दीअनुसार कर्मचारी नपठाउँदा पाँच वर्षदेखि नायब सुब्बालाई निमित्त प्रमुखको जिम्मेवारी दिएर काम गर्दै आएको प्रशासन कार्यालयले जनाएको छ ।


प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?