Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

पुराना गहना मर्मत गरी तीज मनाउँदै


२७ भदाै, कैलाली । हिन्दू महिलाको पर्व तीज आउन अब केही दिन मात्र बाँकी रहँदा गाउँघरमा तीजको रौनकता छाइसकेको छ । गाउँघरमा दिदीबहिनी जम्मा हुने र दर खाएर नाचगान गर्नेक्रम जारी छ । तीज नजिकिएपछि महिला आवश्यक लुगाकपडा र गरगहनाको जोहो गर्न थालेका छन् । विगतमा गहनामा धेरै रुचि राख्ने महिला पछिल्ला केही वर्षयता गहनामा कम रुचि राख्न थालेका छन् ।

आर्थिक अभाव र सुनको मूल्य उच्च भएपछि नयाँ गहना खरिद गर्न नसकेको कतिपय महिलाको भनाइ छ । हरेक वर्ष तीजमा नयाँ गहना किन्ने कैलालीकी रिता शर्माले यस वर्ष पुराना गहना नै लगाउने तयारी गरेको सुनाइन् । “विगतमा तीजमा एउटा नयाँ गहना किन्ने गर्थे”, उनले भनिन्, “सुनको मूल्य धेरै बढेकाले किन्न सकिएन । पछिल्ला वर्ष व्यापार खासै नचलेकाले आर्थिक समस्या पनि छ ।”

विगतका वर्षमा तीजका लागि भनेर महिनौँदिनअघिदेखि सुनचाँदी पसलमा गरगहना खरिद गर्नेको निकै भीड लाग्ने गरेकामा यस वर्ष कारोबार न्यून मात्र भएको कैलालीका सुनचाँदी आभूषण सङ्घका अध्यक्ष देवबहादुर सुनारले बताए । उनका अनुसार तीजको रौनकता भित्रिसक्दा पनि सुनको कारोबार भएको छैन ।

“पहिला तीज भनेपछि महिला पसलमा पालो कुरेर गहना बनाउँथ्ये, नयाँ गहना खरिद गर्नेको पनि भीड हुने गथ्र्यो”, सुनारले भने, “गत वर्षबाट कारोबार खासै भएको छैन । अहिले सुनचाँदी व्यवसायी विस्थापित हुने चिन्ता बढेको छ ।” बजारमा महिलाहरुको चहलपहल बाक्लिए पनि सुनचाँदी व्यवसायीलाई हर्षित बनाउन नसकेको उनको भनाइ थियो ।

यतिबेला सुनचाँदी पसलमा गहना किन्नेभन्दा आफूसँग भएका पुराना गहना मर्मत गरी लगाउनेको सङ्ख्या बढी रहेको सालुन सुनचाँदी पसलका सञ्चालक नारायण साहुले बताए । आर्थिक अभाव, कोरोनाका समयमा काम नहुँदा भोगेका समस्या, सुनको मूल्यमा वृद्धिलगायत कारणले सेवाग्राहीले नयाँ भन्दा पुराना गहना मर्मत गरी लगाउन थालेका उनको भनाइ थियो । “हामी व्यवसायीले पनि महँगो भएका कारण धेरै सुन किन्नसक्ने अवस्था छैन”, साहुले भने, “उपभोक्तासँग रकम भए पो कारोबार चल्छ । सायद नभएर नै होला व्यापार छैन ।”

विगतका वर्षमा तीजलाई लक्षित गरी सुनचाँदीको राम्रो कारोबार गरेकामा यस वर्ष करोबार ठप्प भएको देउती सुनचाँदी पसलका सञ्चालक केशवकुमार खातीले बताए । “नेपालमा देखिएको कोराना महामारी पश्चात आर्थिक अभाव भएको छ । त्यसको असर सुनचाँदी व्यवसायमा पनि परेको छ”, उनले भने, “कारोबार भए पो व्यापारमा उत्साह हुन्छ । यही अवस्था आए सुनचाँदी व्यावसायी विस्थापित हुनुपर्ने अवस्था आउँछ ।”


प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?