Trending
>>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने >>   जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल >>   राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश >>   पर्यटनमन्त्री सिन्हाको प्रतिवद्धताः कुनैपनि दबाबमा नपरी काम गर्नेछु >>   मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

बिग्रिएका गाडी राजमार्गमा राख्न नपाइने


२७ भदाै, नेपालगञ्ज । पूर्वपश्चिम राजमार्गको बाँके जिल्लाभित्र पर्ने सडक छेउमा अबदेखि बिग्रिएका सवारीसाधन एक घण्टाभन्दा बढी राख्न नपाइने भएको छ। यसरी राखिएका सवारीसाधनसँग अन्य सवारीसाधन ठोक्किएर दुर्घटना हुन थालेपछि यस्तो निर्णय गरिएको हो। यातायात व्यवसायीसँगको सहमतिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कोहलपुरले सो निर्णय गरेको हो। केही दिनअघि ढकेरी नजिकै बिग्रिएर सडक छेउमा राखिएको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा सात जनाको मृत्यु र २१ जना गम्भीर घाइते भएका थिए।

सो दुर्घटनापछि ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कोहलपुरले सरोकारवाला निकायसँग गरेको बैठकले बिग्रिएका सवारीसाधन एक घण्टाभन्दा बढी समय सडक छेउमा राख्न नपाइने निर्णय गरेको हो। ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले दुर्घटना रोक्न अबदेखि बिग्रिएका सवारीसाधन तत्काल सडकबाट हटाएर ग्यारेजमा पुर्याउने र गतिसमेत नियन्त्रण गर्ने निर्णय भएको बताउनुभयो। “मर्मतका लागि एक घण्टाभन्दा बढी लामो समय लाग्ने भएमा सम्बन्धित सवारीधनी पक्ष वा व्यवसायी पक्षबाट बेहोर्ने गरी सवारीसाधन जसरी पनि सुरक्षित स्थानमा लैजाने निर्णय गरिएको छ,” उनले भने।

इलाका प्रहरी कार्यालय प्रमुख सुन्दर तिवारीले बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रको राजमार्ग खण्डमा अधिकतम गति ४० किलोमिटर प्रतिघण्टाको नियम हरेक सवारीचालकले अनिवार्य रूपमा पालना गर्नैपर्ने निर्णय गरिएको बताउनुभयो। वागेश्वरी यातायात व्यवसायी प्रालिका अध्यक्ष मनप्रसाद आचार्यले सवारी दुर्घटना रोक्न व्यवसायी पनि गम्भीर रहेको जनाउँदै बैठकमा गरिएका निर्णय पूर्ण रूपमा कार्यान्वयन गराउने प्रतिबद्धता व्यक्त गरे।


प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?