Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

बिग्रिएका गाडी राजमार्गमा राख्न नपाइने


२७ भदाै, नेपालगञ्ज । पूर्वपश्चिम राजमार्गको बाँके जिल्लाभित्र पर्ने सडक छेउमा अबदेखि बिग्रिएका सवारीसाधन एक घण्टाभन्दा बढी राख्न नपाइने भएको छ। यसरी राखिएका सवारीसाधनसँग अन्य सवारीसाधन ठोक्किएर दुर्घटना हुन थालेपछि यस्तो निर्णय गरिएको हो। यातायात व्यवसायीसँगको सहमतिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कोहलपुरले सो निर्णय गरेको हो। केही दिनअघि ढकेरी नजिकै बिग्रिएर सडक छेउमा राखिएको ट्रकमा यात्रुवाहक बस ठोक्किँदा सात जनाको मृत्यु र २१ जना गम्भीर घाइते भएका थिए।

सो दुर्घटनापछि ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कोहलपुरले सरोकारवाला निकायसँग गरेको बैठकले बिग्रिएका सवारीसाधन एक घण्टाभन्दा बढी समय सडक छेउमा राख्न नपाइने निर्णय गरेको हो। ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले दुर्घटना रोक्न अबदेखि बिग्रिएका सवारीसाधन तत्काल सडकबाट हटाएर ग्यारेजमा पुर्याउने र गतिसमेत नियन्त्रण गर्ने निर्णय भएको बताउनुभयो। “मर्मतका लागि एक घण्टाभन्दा बढी लामो समय लाग्ने भएमा सम्बन्धित सवारीधनी पक्ष वा व्यवसायी पक्षबाट बेहोर्ने गरी सवारीसाधन जसरी पनि सुरक्षित स्थानमा लैजाने निर्णय गरिएको छ,” उनले भने।

इलाका प्रहरी कार्यालय प्रमुख सुन्दर तिवारीले बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रको राजमार्ग खण्डमा अधिकतम गति ४० किलोमिटर प्रतिघण्टाको नियम हरेक सवारीचालकले अनिवार्य रूपमा पालना गर्नैपर्ने निर्णय गरिएको बताउनुभयो। वागेश्वरी यातायात व्यवसायी प्रालिका अध्यक्ष मनप्रसाद आचार्यले सवारी दुर्घटना रोक्न व्यवसायी पनि गम्भीर रहेको जनाउँदै बैठकमा गरिएका निर्णय पूर्ण रूपमा कार्यान्वयन गराउने प्रतिबद्धता व्यक्त गरे।


प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?