Trending
>>   आजको राशिफल : २०८२ साल साउन ०८ गते बिहिबार >>   मधेस प्रदेश प्राकृतिक विपत्तिग्रस्त क्षेत्र घोषणा >>   काँग्रेस महामन्त्री शर्मालाई एमालेको जवाफः कुलिङ अफ पिरियड व्यवस्था नराख्ने संशोधनको विषयमा आफ्नै सभापतिसँग सल्लाह… >>   राष्ट्रिय सभामा कुलिङ पिरियडबारे एमालेका सांसदहरुको संशोधनले गम्भीर बनायोः पाण्डे >>   एन्फा यु–१६ः मनाङ र श्री भगवतीको जित >>   जनकपुरधामलाई ‘म्यारिज हव’को रुपमा विकास गर्नुपर्छः उपप्रधानमन्त्री सिंह >>   जनार्दन शर्मा लक्षित प्रचण्डको टिप्पणीः फरक मतबाट सिंगौरी खेल्नेलाई प्रशस्त समय दिएको छु >>   गणतन्त्र त आयो तर झारपात पलाएः महासचिव चन्द >>   सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने श्रमिक संख्या २३ लाख नाघ्यो >>   ओलीलक्षित माधवको टिप्पणीः अरु आउँदा मेरो नेतृत्व खोसिएला भनेर पार्टी प्रवेश गर्न दिइएन
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

अपरेशन गर्दा मिर्गाैला निकाल्नेसहित दुई नीजि अस्पताल बन्द गर्न निर्देशन


२७ भदाै, कैलाली । कैलाली जिल्लाको सदरमुकाम धनगढीस्थित स्वास्थ्य सेवा प्रवाह गरिरहेका दुई नीजि अस्पताल स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालि र सञ्जिवनीलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले प्रहरीलाई निर्देशन दिएको छ ।

दुई अस्पतालको अनुगमन गरेपछि प्रशासनले पत्र लेखेर स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालि र सञ्जिवनी अस्पताल बन्द गर्न भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीलाई निर्देशनसहितको पत्र पठाएको हो । जिल्ला अनुगमन समितिले गरेको अनुगमनका आधारमा ती अस्पताललाई बन्द गर्न निर्देशन दिइएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीका अनुसार ती अस्पताल कम्पनी रजिष्ट्रार कार्यालय र मूल्य अभिवृद्धि करमा दर्ता गरिएका भए पनि अस्पताल सञ्चालनका अनुमति दिने निकायबाट स्वीकृति नलिएकोले बन्द गर्न निर्देशन दिइएको हो ।

प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले आज (बुधबार) प्रहरीले अस्पताल बन्द गराउने छ । यद्यपी ती अस्पतालले समेत प्रशासनको निर्देशनपछि आफैँ सेवा बन्द गर्ने बताएका छन् ।

स्वास्थ्य कानुन अनुसार अस्पताल सञ्चालन गर्न १५ शय्याको अस्पतालका लागि स्थानीय तह, २५ शय्याको अस्पताल सञ्चालनको अनुमति प्रदेश स्वास्थ्य निर्देशनालय, दुई सय शय्याको अस्पतालका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय र त्योभन्दा माथिको अस्पताल सञ्चालनको अनुमति सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट अनुमति लिनु पर्ने हुन्छ ।


प्रकाशित मिति: २७ भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?