Trending
>>   स्काउटसम्बन्धी विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत >>   भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई दफावार छलफलका लागि संसदीय समितिमा… >>   त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब २९ वटा जहाज पार्किङ गर्न सकिने >>   काठमाण्डु गोर्खाजद्वारा नयाँ लागो सार्वजनिक >>   बेरोजगारी, अशिक्षा र गरिबीलाई सम्बोधन नगरी बेचबिखन नियन्त्रण असम्भवः सांसद गैरे >>   मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा >>   समृद्धि मुठीभर मानिसको लागि नभइ आम जनताको लागि हुनुपर्छः पूर्वराष्ट्रपति भण्डारी >>   मिसन ०८४ मा राजनीतिक दलहरुको एजेण्डा रोजगारी सिर्जना हुनुपर्छः अध्यक्ष ढकाल >>   प्रतिपक्षी बेन्चबाट उपेन्द्रको प्रश्नः भूमाफियालाई जग्गा प्रदान गरी वन फडानी गर्ने सरकारको कस्तो नीति हो… >>   वर्तमान सरकार सवैधानिक उल्लङ्घनको दुर्गन्धित नमूना होः माओवादी सांसद घर्तिमगर
Logo
८ श्रावण २०८२, बिहीबार
८ श्रावण २०८२, बिहीबार

कञ्चनपुरमा जङ्गली हात्तीका कारण सास्ती खेप्दै स्थानीय


२६ भदौ, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा पस्दै आएका जङ्गली हात्तीका कारण स्थानीयले सास्ती खेप्दै आएका छन् । उनहीहरुले जङ्गली हात्ती नियन्त्रणका लागि माग गरेका छन् ।

भारतको दूधुवा नेशनलपार्क हुँदै आउने गरेको जङगली हात्तीको बथानले धानबालीमा नोक्सानी गर्न थालेपछि किसानले हात्ती नियन्त्रणका लागि माग गरेका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गतपर्ने शुक्लाफाँटा नगरपालिका– ५, ६,७ र ८ का किसान हात्ती आतङ्कबाट त्रसित छन् । हात्तीकै डरले साँझ नपर्दै स्थानीयले गाउँमा हिँडडुलसमेत बन्द गरेका छन् । हात्तीको बथानले चार दिनदेखि यस क्षेत्रका किसानको धानबाली नोक्सानी गर्दै आएको छ ।

पाक्नै लागेको धानबली खान लागेको हात्तीको बथान भगाउन जाँदा आक्रमण गर्न आउने गरेको वडा नं ७ का नरेन्द्र धानुकले बताउनुभयो । “निकुञ्जले गैरघातक तरिकाले हात्ती भगाउन भन्ने गरको छ” उनले भने, “हो हल्ला गर्दा, आगो बाल्दा हात्ती भाग्दैनन, धानबाली सखाप पारेको छ ।” उनीहरु हात्ती भगाउन रातभर जाग्राम बस्दै आएका छन् ।

हात्ती किसानका खेत र बस्ती क्षेत्रमा छिर्ने ठाउँमा स्वचालित सौर्यबत्ती र विद्युतीय मेसवायरको माग गरेपनि कुनै निकायबाट हालसम्म सुनवाइ हुन नसकेको वडा नं ५ का श्याम भट्टले बताए । हालसम्म हात्तीको बथानले नगरपालिकाको तीन वडाका ४० बढी किसानको झण्डै ३० बिघाको धानबालीमा नोक्सानी पुर्याएको छ ।

हात्ती नियन्त्रणका लागि प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयसँग राति पालोपहरा दिने जनशक्तिका लागि बजेट व्यवस्थापनसँगै २० थान सौर्यबीत्त, ५० थान टर्चलाइट, २० थान रेनकोट र २० थान बुटको व्यवस्था गरिदिन पत्राचार गरिएको वडा नं ५ का वडाध्यक्ष चक्रबहादुर खडकाले बताए । “नगरपालिका र वडा कार्यालयसँग हात्ती नियन्त्रणका लागि आवश्यक बजेट नभएपछि प्रदेश सरकारलाई गुहारेका छाैँ” उनले भने । जङगली हात्तीको आक्रमणबाट तीन वर्षयता मध्यवर्ती क्षेत्रका सात जनाले ज्यान गुमाइसकेका छन् ।


प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?