Trending
>>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक >>   नेपाल शक्ति राष्ट्रको प्रतिष्पर्धाको ‘भिक्टिम’ बन्नु हुँदैन:पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी >>   संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल >>   संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा >>   मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री बालेन्द्र शाह
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

कञ्चनपुरमा जङ्गली हात्तीका कारण सास्ती खेप्दै स्थानीय


२६ भदौ, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा पस्दै आएका जङ्गली हात्तीका कारण स्थानीयले सास्ती खेप्दै आएका छन् । उनहीहरुले जङ्गली हात्ती नियन्त्रणका लागि माग गरेका छन् ।

भारतको दूधुवा नेशनलपार्क हुँदै आउने गरेको जङगली हात्तीको बथानले धानबालीमा नोक्सानी गर्न थालेपछि किसानले हात्ती नियन्त्रणका लागि माग गरेका छन् । निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गतपर्ने शुक्लाफाँटा नगरपालिका– ५, ६,७ र ८ का किसान हात्ती आतङ्कबाट त्रसित छन् । हात्तीकै डरले साँझ नपर्दै स्थानीयले गाउँमा हिँडडुलसमेत बन्द गरेका छन् । हात्तीको बथानले चार दिनदेखि यस क्षेत्रका किसानको धानबाली नोक्सानी गर्दै आएको छ ।

पाक्नै लागेको धानबली खान लागेको हात्तीको बथान भगाउन जाँदा आक्रमण गर्न आउने गरेको वडा नं ७ का नरेन्द्र धानुकले बताउनुभयो । “निकुञ्जले गैरघातक तरिकाले हात्ती भगाउन भन्ने गरको छ” उनले भने, “हो हल्ला गर्दा, आगो बाल्दा हात्ती भाग्दैनन, धानबाली सखाप पारेको छ ।” उनीहरु हात्ती भगाउन रातभर जाग्राम बस्दै आएका छन् ।

हात्ती किसानका खेत र बस्ती क्षेत्रमा छिर्ने ठाउँमा स्वचालित सौर्यबत्ती र विद्युतीय मेसवायरको माग गरेपनि कुनै निकायबाट हालसम्म सुनवाइ हुन नसकेको वडा नं ५ का श्याम भट्टले बताए । हालसम्म हात्तीको बथानले नगरपालिकाको तीन वडाका ४० बढी किसानको झण्डै ३० बिघाको धानबालीमा नोक्सानी पुर्याएको छ ।

हात्ती नियन्त्रणका लागि प्रदेशको पर्यटन वन तथा वातावरण मन्त्रालयसँग राति पालोपहरा दिने जनशक्तिका लागि बजेट व्यवस्थापनसँगै २० थान सौर्यबीत्त, ५० थान टर्चलाइट, २० थान रेनकोट र २० थान बुटको व्यवस्था गरिदिन पत्राचार गरिएको वडा नं ५ का वडाध्यक्ष चक्रबहादुर खडकाले बताए । “नगरपालिका र वडा कार्यालयसँग हात्ती नियन्त्रणका लागि आवश्यक बजेट नभएपछि प्रदेश सरकारलाई गुहारेका छाैँ” उनले भने । जङगली हात्तीको आक्रमणबाट तीन वर्षयता मध्यवर्ती क्षेत्रका सात जनाले ज्यान गुमाइसकेका छन् ।


प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?