Trending
>>   सक्रिय राजतन्त्रसँग सहमत छैनौँः धवल शमशेर जबरा >>   राजा, राजनीतिक दल र जेन–जी पुस्ताबीच नयाँ समझदारी गरेर अघि बढौं : राजेन्द्र लिङदेन >>   केपी ओलीले महिलाको अपमान गर्छन्ः अष्टलक्ष्मी शाक्य >>   निर्णय नलिने प्रोजेक्ट म्यानेजरलाई छानविन गरेर कारबाही गर्नुपर्छः कुलमान घिसिङ >>   लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न(तस्बिरसहित) >>   इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ >>   देशभरका भन्सार कार्यालयमा पेन डाउन, जाँचपास सेवा पूर्णरूपमा ठप्प >>   यो चुनावी सरकार मात्र होइन,कसैको धम्कीबाट डराउँदैनौँः प्रधानमन्त्री कार्की >>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ
Logo
२४ मंसिर २०८२, बुधबार
२४ मंसिर २०८२, बुधबार

मुगुमा पहिरोकाे जोखिम भएका ३४ घरपरिवारलाई स्थानान्तरण


२६ भदाै, मुगु । मुगुको छायानाथ रारा नगरपालिका–१२ लुम्सा गाउँका बाढी र पहिरोको जोखिम भएका ३४ घरपरिवारलाई जुम्लास्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले स्थानान्तरण गरेको छ ।

भवन निर्माण आयोजना जुम्लाका सब–इन्जिनियर चन्द्रबहादुर खड्काले भने, “छायानाथ रारा नगरपालिका–१२ लुम्सा गाउँमा बाढीपहिराका कारण विस्थापित परिवारलाई कार्मारोङ गाउँपालिका–९ स्थित चिमाथमा बस्ती सारिएको छ ।”
घर स्थानान्तरणका लागि सङ्घीय सरकारको बजेटमार्फत सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयको बस्ती विकास कार्यक्रमबाट उच्च पहिरो र बाढीको जोखिम भएका लुम्सा गाउँका बस्ती सारी घर निर्माण गरिएको हो । दलित आवास कार्यक्रमबाट प्रतिघर रु पाँच लाखका दरले सो वडाका घरहरु निर्माण गरिएको आयोजनाका सब–इन्जिनियर खड्काको भनाइ छ ।

विभिन्न समयमा लुम्सा गाउँमा आएको भीषण पहिरोबाट गाउँ निकै जोखिम रहेको थियो । पटक–पटक सरकारसँग बस्ती सारिदिन माग गरेपछि गत वर्ष सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयबाट ३४ घर निर्माण भई बस्ती स्थानान्तरण भएको स्थानीयवासी पूर्णचन्द्र विश्वकर्माले बताए ।

उनले भने, “मलगायत यहाँका स्थानीयवासीले अहिले नयाँ घर पाएका छन् । बाढी पहिरोबाट घर जोखिममा छैनन् । राम्रोसँग घरमा बस्न पाएका छौं । यो नमूना कार्यका लागि भवन निर्माण आयोजना जुम्ला र बजेटको व्यवस्थापन गरिदिने सम्बन्धित मन्त्रालयलाई विशेष धन्यवाद दिन चाहन्छु ।”

नयाँ घर र बस्ती नै परिवर्तन भएपछि छायानाथ रारा नगरपालिका–१२ लुम्सा गाउँका स्थानीयवासीमा खुसी छाएको उक्त गाउँका स्थानीयवासी बताउँछन् । गाउँमा खानेपानी र सडक समेत विस्तार गरिएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले जनाएको छ ।


प्रकाशित मिति: २६ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?