Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

घाँस काट्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु


२४ भदौ, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसबासामा घाँस काट्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बनकसबासा बस्ने अन्दाजी वर्ष ५० का धनबहादुर थापाको करेन्ट लागेर मृत्यु भएको नेपाल विद्युत् प्राधिकरण चन्द्रौटाका शाखाका इन्चार्ज दिनबन्धु आचार्यले जानकारी दिए ।

विद्युत् पोल नजिकै रहेको रुखमा चढेर घाँस काट्दा तारमा विद्युत् प्रवाह भई थापाको मृत्यु भएको हुनसक्ने उनको भनाइ थियो । मृतक थापाको शव परीक्षणको लागि जिल्ला अस्पताल तौलिहवा लगिएको छ ।

गाउँको प्रतीक्षालय बस्ने अरुको काम गरिदिनेबापत स्थानीयवासीले खाना दिने गरेका स्थानीयले बताएका छन् । मृत्यु भएका थापाको आफ्नो परिवार कोही नभएकाले नजिकैका आफन्तलाई सम्पर्कमा ल्याई शव बुझाइने जिल्ला प्रहरी कार्यालय तौलिहवाले जनाएको छ  ।


प्रकाशित मिति: २४ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?