Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

हिँडिरहेको बेला पहिरोबाट खसेको ढुङ्गाले लाग्दा युवकको मृत्यु


२४ भदाै, डडेल्धुरा । केआइसिंह राजमार्गको रडुवामा खसिरहेको पहिरोबाट ढुङ्गा लाग्दा एक युवकको मृत्यु भएको छ ।

जिल्लाको अमरगढी नगरपालिका–४ बस्ने १७ वर्षीय राकेश ऐरको ज्यान गएको हो । प्रहरीका अनुसार दिपायलबाट डडेल्धुरातर्फ आउँदै गरेको म१प ८८३० नम्बरकोे मोटरसाइकल पछाडि सवार ऐरको टाउकामा शनिबार माथिबाट खसेको ढुङ्गा लागेका थियो ।

गम्भीर घाइते राकेशलाई उपचारका लागि शनिबार नै डडेल्धुरा अस्पताल पु¥याएको प्रहरीले जनाएको छ । उनको उपचार डडेल्धुरामा हुन नसकेपछि धनगढी पठाइएको थियो ।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनलाई डडेल्धुरा अस्पतालले धनगढीस्थित निसर्ग अस्पतालमा पठाइए पनि आज बिहान बाटोमै मृत्यु भएको जनाइएको छ । मोटरसाइकल चालक डडेल्धुराको अमरगढी नगरपालिका–४ का ३५ वर्षीय नरेन्द्र पनेरु सकुशल रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: २४ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?