Trending
>>   पुस १२ गतेभित्र राष्ट्रिय सभा बैठक बोलाउँछौँः नारायणप्रसाद दाहाल >>   सडक पीडित श्रेष्ठ भन्छन् – हामी सुकुम्वासी हुने भयौँ >>   फागुन २१ मा निर्वाचन नभए सरकारको औचित्य समाप्त हुन्छः वर्षमान पुन >>   नेपाल आउने भारतीय र भारत जाने नेपालीले प्रतिव्यक्ति भा.रु. २५ हजारसम्म बोक्न पाउने >>   एपिएफ फाइनलनजिक >>   रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनमा हस्तकला व्यवसायको भुमिका महत्वपूर्णः मन्त्री सिन्हा >>   चिसोलाई चुनौती: जाडोमा स्वस्थ रहने ५ प्रभावकारी उपाय >>   विधान संशोधन गरी १० औँ महाधिवेशनकै कमिटीमा फर्कियो एमाले, युवाका लागि छुट्यायो क्लस्टर >>   मौलिक खाना प्रवर्द्धन गर्न खाद्य मेला >>   एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो, उपाध्यक्ष पाँच जना रहने
Logo
१ पुष २०८२, मंगलवार
१ पुष २०८२, मंगलवार

निकुञ्ज क्षेत्रमा तीव्र गतिले मानवीय क्षति


२४ भदौ, बाँके । बाँके निकुञ्ज क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गमा तीव्र गतिका कारण हुने सवारी दुर्घटनाले मानवीय क्षति बढ्दै गएको छ ।

पूर्वपश्चिम राजमार्गको बाँके निकुञ्जको ७२ किलोमिटर क्षेत्रमा तीव्र गतिका कारण सवारी दुर्घटना हुने गरेका छन् । गत शुक्रबार मात्रै दाङबाट बर्दियातर्फ जाँदै गरेको ना७ख २३२१ नम्बरको बस बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्ज नजिक बाँके निकञ्ज क्षेत्रमा बिग्रेर सडक छेउमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किएको थियो ।

उक्त दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ बेतहनी गाउँका सात जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

बाँके निकुञ्जको ७२ किलोमिटर क्षेत्रमा कुनै ‘टाइम कार्ड’को व्यवस्था नभएकाले तीव्र गतिका कारण हुने गरेका सवारी दुर्घटनामा मानवीय र वन्यजन्तुको ज्यान जाने गरेको छ । राजमार्ग क्षेत्रका अधिकांश दुर्घटना तीव्र गतिका कारण भएको पाइएको प्रहरी नायब उपरीक्षक तिवारीले बताए ।

बर्दिया निकुञ्जमा जस्तै बाँके निकुञ्जमा पनि राजमार्ग क्षेत्रमा ‘टाइम कार्ड’ लागू गर्नसके तीव्र गतिका कारण हुने सवारी दुर्घटना र सवारीसाधनमा ठोक्किएर हुने वन्यजन्तुको मृत्यु पनि रोकिने उनको भनाइ छ ।

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गको ७२ किमी क्षेत्रमा बितेका तीन आर्थिक वर्षमा ५६ ठूला दुर्घटना भएका छन् । आर्थिक वर्ष २०७७÷७८ देखि २०७९÷८० सम्म तीन आवमा भएका ५६ दुर्घटनामा परी बाँके निकुञ्ज क्षेत्रमा ४४ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए ।

निकुञ्ज क्षेत्रभित्र राजमार्गमा तीव्र गतिका कारण सवारी दुर्घटना हुने गरे पनि बीचबीचमा बस्ती भएका कारण टाइम कार्ड लागू गर्न कठिनाइ हुने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहको भनाइ छ ।


प्रकाशित मिति: २४ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?