Trending
>>   काठमाडौंको दरवारमार्गबाट स्रोत नखुलेको नगद सहित दुई जना पक्राउ >>   संसदीय दलको नेता छान्न केही समय लाग्छः रास्वपा >>   शिर्ष टोली एपिएफसँग चित्लाङले अंक खोस्यो >>   फागुनसम्म सरकारले उठायो ७ खर्ब ५१ अर्ब राजश्व >>   गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारको सिफारिस >>   जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रदर्शन >>   काँग्रेसले टुंग्यायो २० जना समानुपातिक सांसद >>   चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाए >>   राप्रपाले समानुपातिकतर्फका सांसदको नामावली टुंगो लगायो >>   देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
Logo
४ चैत्र २०८२, बुधबार
४ चैत्र २०८२, बुधबार

निकुञ्ज क्षेत्रमा तीव्र गतिले मानवीय क्षति


२४ भदौ, बाँके । बाँके निकुञ्ज क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गमा तीव्र गतिका कारण हुने सवारी दुर्घटनाले मानवीय क्षति बढ्दै गएको छ ।

पूर्वपश्चिम राजमार्गको बाँके निकुञ्जको ७२ किलोमिटर क्षेत्रमा तीव्र गतिका कारण सवारी दुर्घटना हुने गरेका छन् । गत शुक्रबार मात्रै दाङबाट बर्दियातर्फ जाँदै गरेको ना७ख २३२१ नम्बरको बस बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्ज नजिक बाँके निकञ्ज क्षेत्रमा बिग्रेर सडक छेउमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकसँग ठोक्किएको थियो ।

उक्त दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ बेतहनी गाउँका सात जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए ।

बाँके निकुञ्जको ७२ किलोमिटर क्षेत्रमा कुनै ‘टाइम कार्ड’को व्यवस्था नभएकाले तीव्र गतिका कारण हुने गरेका सवारी दुर्घटनामा मानवीय र वन्यजन्तुको ज्यान जाने गरेको छ । राजमार्ग क्षेत्रका अधिकांश दुर्घटना तीव्र गतिका कारण भएको पाइएको प्रहरी नायब उपरीक्षक तिवारीले बताए ।

बर्दिया निकुञ्जमा जस्तै बाँके निकुञ्जमा पनि राजमार्ग क्षेत्रमा ‘टाइम कार्ड’ लागू गर्नसके तीव्र गतिका कारण हुने सवारी दुर्घटना र सवारीसाधनमा ठोक्किएर हुने वन्यजन्तुको मृत्यु पनि रोकिने उनको भनाइ छ ।

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्गको ७२ किमी क्षेत्रमा बितेका तीन आर्थिक वर्षमा ५६ ठूला दुर्घटना भएका छन् । आर्थिक वर्ष २०७७÷७८ देखि २०७९÷८० सम्म तीन आवमा भएका ५६ दुर्घटनामा परी बाँके निकुञ्ज क्षेत्रमा ४४ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले जानकारी दिए ।

निकुञ्ज क्षेत्रभित्र राजमार्गमा तीव्र गतिका कारण सवारी दुर्घटना हुने गरे पनि बीचबीचमा बस्ती भएका कारण टाइम कार्ड लागू गर्न कठिनाइ हुने बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहको भनाइ छ ।


प्रकाशित मिति: २४ भाद्र २०८०, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?