Trending
>>   भरतपुरको राधापुर नहरमा मोटरसाइकल खस्दा एक जनाको मृत्यु >>   प्रतिनिधिसभा निर्वाचन मितव्ययी बनाउने आयोगको रणनीति >>   लुटपाटविरुद्ध प्रहरीको कडा प्रहार: गोली चलाएर मूलपानीबाट १० लुटेरा नियन्त्रणमा >>   महाराष्ट्रका उपमुख्यमन्त्री चढेको विमान दुर्घटनाग्रस्त >>   ढकाल नेतृत्वको एनआरएनए जर्मनीको पदस्थापना >>   श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ >>   कांग्रेसको वेबसाइटबाट देउवा नेतृत्वको कार्यसमितिको नाम हटाइयो >>   गोरखा–१ बाट घरदैलो अभियान सुरु गर्दै सुदन >>   काठमाडौं–तराई द्रुतमार्गको प्रधानमन्त्री कार्कीले गरिन् स्थलगत निरीक्षण >>   गैँडाको आक्रमणबाट माडीमा एक युवकको मृत्य
Logo
१६ माघ २०८२, शुक्रबार
१६ माघ २०८२, शुक्रबार

तिंकरमा सशस्त्रको बोर्डर आउट पोष्ट,बिओपीको संख्या चीनतर्फ ९,भारततर्फ २ सय ४३ पुग्यो


दार्चुला ।सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ दार्चुलाको व्याँसगाउँपालिका वार्ड नं. १ स्थित छयाँलेक तिंकरमा बोर्डर आउट पोष्ट (बिओपी)को स्थापना गरेको छ ।बिओपीको सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशीराज दाहालले भाद्र २२ गते शुक्रबार उद्घाटन गर्नुभएको हो । दार्चुला सदरमुकामबाट करीव १ सय १२ किलोमिटर उत्तरतर्फ बिओपी स्थापना भएको हो । सशस्त्र प्रहरी बल, नेपाल नं. ५० गुल्म छाङ्गरु दार्चुलाको मातहतमा स्थापना भएको बिओपी गुल्मबाट करीव ११ किलोमिटरको दुरीमा रहेको छ ।

  

यसअघि सशस्त्र प्रहरी बल नेपालले चीनतर्फ हुम्लाको हिल्सा, मुस्ताङकोनेचुङ्ग, रसुवाको टिमुरे, सिन्धुपाल्चोकको तातोपानी र गुम्बा, दोलाखाको लामाबगर, संखुवासभाको किमाथाङका, ताप्लेजुङ्गको ओलाङचुङगोला सहित ८ ठाउँमा बिओपी स्थापना गरी सकेको छ । तिंकरमा स्थापना भएको बिओपी सहित चीनतर्फ ९ वटा र भारततर्फ २ सय ४३ गरी बिओपीको संख्या २ सय ५२ वटा पुगेको छ ।

तिंकरमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा रहने बिओपी स्थापनाको लागिहेलिकप्टरमा आवश्यक बन्दोबस्ती र जनशक्ति भाद्र १३ गते त्यसतर्फपु¥याईएको थियो । सो  बिओपीका लागि एउटा भवन निर्माण गरिएको छ । नयाँ स्थापना भएको बिओपीबाट छिमेकी मुलुकहरु भारतको नाभिडाङ्ग र चीनको ताक्लाकोट बजार नजिकै पर्दछ । कार्यक्रममा दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण जोशी, सशस्त्र प्रहरी बल नेपाल नं. ४३ रिजर्व गण कैलाली तथा नं. ४४ गण दार्चुलाका गणपति, नं. ५० गुल्म छाङ्गरुका गुल्मपति, नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला स्थित प्रमुखहरु लगायत संचारकर्मी र स्थानीय वासिन्दाहरुको समेत उपस्थिती रहेको थियो ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?