Trending
>>   निजी क्षेत्रका मुद्दामा अर्थमन्त्री खनालको चासो, समसामयिक विषयमा छलफल >>   धितोपत्र बजार पुँजीकरण ४४ खर्ब ८४ अर्ब ७९ करोड कायम >>   विदेशमा बसेका नागरिकका लागि ग्लोवल आइएमइले २४ सै घण्टा सेवा प्रवाह गर्ने >>   एमालेको वर्तमान अवस्थाबारे गोकुल बास्कोटाको चिन्ता >>   नयाँ सरकारले स्थायी नीति लिनुपर्छ: अध्यक्ष ढकाल >>   जापानी प्रधानमन्त्री ताकाइचीका नीतिहरूको विरोधमा टोकियोमा प्रदर्शन >>   ‘स्पष्ट बहुमतको सरकार बन्दा राजनीतिक अस्थिरता हट्छ’ >>   स्वास्थ्य बीमामा सुधार ल्याउन सरकारले स्वदेशी उद्योगबाटै ‘बल्क’मा औषधि खरिद गर्ने >>   नेपालकै पहिलो ‘एक्स्ट्रा डोज’ प्रविधिको सेती पुलको निर्माण ५७ प्रतिशत सम्पन्न >>   सरकारलाई ५ हजार नेपाली नागरिकले गराए मध्यपूर्वमा आफू असुरक्षित रहेको जानकारी
Logo
२८ फाल्गुन २०८२, बिहीबार
२८ फाल्गुन २०८२, बिहीबार

लालबन्दीको फोहर वार्षिक तीन लाखभन्दा बढीमा बिक्री


२३ भदौ, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाका विभिन्न बजारमा सङ्कलन हुने फोहर वार्षिक रु तीन लाखभन्दा बढीमा बिक्री हुने भएको छ । लालबन्दी नगरपालिका र गोकर्णेश्वर सरसफाई प्रालि काठमाडौँबीच भएको सम्झौताअनुसार नगरपालिकाभित्रका बजारबाट निस्कने फोहर वार्षिक रु तीन लाख ५० हजारमा खरिद बिक्री गर्ने सहमति भएको लालबन्दी नगरपालिकाका नगरप्रमुख वासुदेव अधिकारीले जानकारी दिए ।

उनका अनुसार यसअघि फोहर उठाउने ठेकेदार कम्पनी ‘ग्रिन एण्ड क्लिन सिटी’ सर्भिस प्रालि हेटौँडा, मकवानपुरले नगरपालिकाभित्रका बजारबाट सङ्कलन भएको फोहर उठाएबापत नगरपालिकाबाट वार्षिक रु एक लाख ५० हजार लिँदै आएको थियो ।

अब गोकर्णेश्वरले सङ्कलन गरेको फोहर नगरपालिकालाई दिने, नगरपालिकाले पुनः गोकर्णेश्वरलाई फोहोर फिर्ता गर्ने र त्यससँगै नगरपालिकालाई रकम दिने विषयमा सम्झौता भएको लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले जानकारी दिए ।

फोहरमैलामा सङ्कलन भएका कबाडी सामग्री बिक्रीबाट आएको रकम र घरघरबाट उठाउने रकम ठेकेदारकै हुने सम्झौतामा उल्लेख गरिएको नगरपालिकाले जनाएको छ । तर ल्याण्डफिल्डसाइट नभएकाले नगरपालिकाले यसअघि कालिञ्जोर खोला किनारमा लगेर फोहर डम्पिङ गर्दै आएको थियो ।


प्रकाशित मिति: २३ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?