Trending
>>   चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ >>   भ्रष्टाचार अन्त्य गर्ने एक मात्रै विकल्प समाजवादः झलनाथ खनाल >>   मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल >>   अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल >>   प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली >>   ‘कमरेड जलजला उपन्याशसको विवेचना’ पुस्तक विमोचन >>   नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक >>   हेटौँडा बजार क्षेत्रमा सडक विस्तारः चल्यो शनिवार बिहानै डोजर >>   चुनावपछि एमालेले फेरि सरकार बनाउँछःओली >>   राष्ट्रिय राजनीतिको चुनौति सामना गर्न ओलीलाई फेरि नेतृत्वमा ल्याउन खोजेका हौंः शंकर पोखरेल
Logo
२१ मंसिर २०८२, आईतवार
२१ मंसिर २०८२, आईतवार

कर वृद्धिको विरोधमा राजनीतिक दलले गरे नगरपालिकामा तालाबन्दी


२२ भदाै, बर्दिया । एकीकृत सम्पत्ति कर एवं अन्य करको विरोध गर्दै राजापुर नगरपालिकामा तालाबन्दी भएको छ। कर वृद्धिको विरोधमा विभिन्न राजनीतिक दलले शुक्रबार नगरपालिका कार्यालयमा तालाबन्दी गर्नुका साथै राजापुर बजारसमेत बन्द गराएका छन्। नेपाली कांग्रेस, नेकपा –एमाले), राप्रपा, नागरिक उन्मुक्ति, नेकपा (एस), राष्ट्रिय जनमोर्चालगायत दलले तालाबन्दी सँगै बजार बन्द गरेका हुन् ।

नागरिकको बेवास्ता गर्दै मनोमानी ढङ्गले नगरपालिकाले चर्को कर असुलेको दलको आरोप छ। कर वृद्धि गर्ने नगरसभाको निर्णय फिर्ता गर्न भदौ १५ गते वडा कार्यलय घेराउ १८ गते नगरपालिका घेराउलगायतका शान्तिपूर्ण विरोधका कार्यक्रम गरे पनि नगरपालिकाले सुनुवाइ नगरेपछि तालाबन्दी गर्नु परेको नेकपा (एमाले) राजापुर नगर कमिटीका अध्यक्ष शर्मा चौधरीले बताए।

नेपाली कांग्रेस राजापुर नगर समितिका सभापति महेश चौधरीले नगरपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि पारित गरेको कर अत्याधिक रहेको बताए। उनले एक सयदेखि पाँच सय प्रतिशतसम्म कर वृद्धि भएको बताए।

उनले भने, ‘‘गत वर्ष ६७ रुपियाँ बुझाएका स्थानीयले अहिले छ सय रुपियाँसम्म तिरेका छन्।’’

राजापुर नगरपालिकाका नगर प्रमुख दिपेश थारुले अन्य पालिकाको तुलनामा राजापुर नगरपालिकाले न्यून कर लिएको दाबी गरे। उनले आफूहरुले नगरसभाबाट पारित गरेर लिएको कर स्वाभाविक रहेको बताए।

नगरपालिकाले २०८० असार १८ गते अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न ऐन ल्याएको थियो।


प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?