Trending
>>   सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय >>   प्रधानमन्त्रीसँगको भेटपछि दुर्गा प्रसाईंः फागुनमा निर्वाचन हुँदैन, माग पूरा नभए जनविद्रोह हुन्छ >>   आगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउछौँः वामदेव गौतम >>   ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए पार्टी महाधिवेशनका लागि तयार पारिएको अवधारणा पत्र >>   देशको खाद्य सुरक्षा कायम गर्न सरकार लागिपरेको छः मन्त्री परियार >>   क्रान्तीकारी विकास आजको आवश्यकताः हर्क साम्पाङ >>   ओलीले महाविधेशन पञ्चायतको गाँउ फर्क शैलीमा गर्न खोजिरहेका छन्ः उपाध्यक्ष पाण्डे >>   तन्त्रमन्त्र गरी दुःख दिएको भन्दै हत्या >>   संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउनु आजको प्रमुख आवश्यकताः गृहमन्त्री अर्याल >>   सुशासन कमजोर भए भ्रष्टाचार मौलाउँछः अध्यक्ष मगर
Logo
२२ मंसिर २०८२, सोमबार
२२ मंसिर २०८२, सोमबार

चिडिमार समुदायका बालबालिकालाई विद्यालय ल्याउन छात्रवृत्ति


२२ भदौ, नेपालगञ्ज । बाँकेका विभिन्न ठाउँमा रहेका अल्पसङ्ख्यक चिडीमार समुदायका बालबालिका बीचैमा विद्यालय छाडन बाध्य छन् । आर्थिक अभाव र बालबिबाहलगायत समस्याका कारण उनीहरु विद्यालय छाड्न बाध्य भएको चिडिमार समुदायका अगुवा बताउँछन् ।

नेपालगञ्ज–१२ का हौसीलाल चिडिमारले बालबालिका आर्थिक अभावका कारण बीचमै विद्यालय छाडेको उल्लेख गर्दै थोरै पढेर रोजगारी नपाउने र पढ्न पठाएर जीविका पनि नचल्ने भएकाले उनीहरुलाई काममा लगाउने गरेको बताए ।

सो समुदायकी सुनिता चिडिमार बालबालिकाको सानै उमेरमा विवाह गराइदिने प्रचलन कारण बीचमै विद्यालय छाड्न बाध्य भएको बताउँछिन् । उनि भन्छिन्, “सबै कुरा हामीले सोचेजस्तो हुँदैन, घरकाले निर्णय गरेपछि हामीले मान्नुपर्छ ।” बागेश्वरी आधारभूत विद्यालय, नेपालगञ्जकी प्रधानाध्यापक सरिता खड्का श्रेष्ठले विद्यालयमा अध्यनरत एक सय ९० विद्यार्थी चिडिमार समुदायका भएको जानकारी दिँदै त्यसमध्ये पनि बीचमा विद्यालय छाडनेकोे सङ्ख्या बढ्दैै गएको बताइन् ।

अभिभावकले छोरा र छोरीमा गरेको विभेदका कारण पढाइ छाडेको हुनसक्ने उल्लेख गर्दै उनले छोरालाई निजी विद्यालय र छोरीलाई सरकारी विद्यालयमा पढाउने प्रवृत्ति रहेको बताइन् । चिडिमार समुदायको ठूलो सङ्ख्या नेपालगञ्ज उपमहानगरपालिका–१२ मा छ । त्यसबाहेक कोहलपुर नगरपालिकाको वडा नं १४ स्थित हवल्दारपुर, वडा नं १५ को प्रेमपुर, जानकी गाउँपालिकाको वडा नं ३ स्थित करमोहनामा पनि चिडिमार समुदायको बस्ती छ । जिल्लामा पन्ध्र सयको हाराहारीमा जनसङ्ख्या रहेको अनुमान छ । चिडिमार समुदायले चार पुस्तादेखि चरा मारेर जिवीका चलाउँदै आएका थिए तर पछिल्लो समय उनीहरुले अन्य पेसा र व्यवसाय गर्न थालेका छन् ।

बहेलिया चिडिमार विकास मञ्चका संस्थापक अध्यक्ष विष्णु चिडीमारले आर्थिक अभावले अभिभावकले विद्यालय नियमित गराउन नसकेको उल्लेख गर्दै खेतबारीमा काम गराउन पनि बालबालिकालाई विद्यालय जानबाट वञ्चित गरेको बताए ।

“पहिले सबैको जग्गा धेरै हुन्थ्यो, खेतबारीमा काम गर्नुपर्थ्यो त्यसैले बीचमै विद्यालय छोडथे”, नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोरखबहादुर थापाले भने । चिडिमार समुदायका बालबालिकाले बीचमा स्कुल छोडने भएकाले उनीहरुलाई आकर्षित गर्न छात्रावृत्तिको व्यवस्था गरेको उनले बताए । पढाइ छाडेका किशोर तथा किशोरीलाई निःशुल्क तालिम सञ्चालन गरेर आयआर्जनतर्फ डोर्याइएको उनको भनाइ छ ।


प्रकाशित मिति: २२ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?