Trending
>>   राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्राको अवलोकन >>   १० दिन सुरुङभित्र फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज >>   वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले युवाहरुद्वारा ‘हुंकार मधेस’ अभियान घोषणा >>   जनकपुरका गुठी जग्गावासी आन्दोलितः १५ दिने सूचना खारेज गर्न माग >>   महिला कबड्डीमा नेपाल काँस्यमै सिमित >>   ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे >>   एशियाली खेलकुद कबड्डीः नेपालले सुनिश्चित गर्‍यो काँस्य पदक, स्वर्णको लक्ष्यसहित उच्च मनोबल >>   वीपी राजमार्गको रोशी खोला डाइभर्सन बगेपछि यातायात अवरुद्ध, पहिरोले थप चुनौती >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधनपछि घरभित्रको गृहकार्य र दीर्घकालीन खाका अपरिहार्यः जलवायु वित्त विज्ञ राजु पण्डित क्षेत्री >>   यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल
Logo
९ आश्विन २०८३, शुक्रबार
९ आश्विन २०८३, शुक्रबार

नर्सिङ शिक्षाको विवाद संसदीय समितिमा


२१ भदाै, काठमाडाैँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बीच कार्यक्षेत्रबारे विवाद हुँदा नर्सिङ शिक्षा प्रभावित भएको विषयमा सरोकारवाला पक्षसँग छलफल सुरु गरेको छ ।

सो विषयमा समितिमा प्राप्त उजुरी र उत्पन्न समस्याका विषयमा समितिले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, मन्त्रालयका सचिव सुरेश अधिकारी, आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी, परिषद्का उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारी र उजुरीकर्ता सरोकारवाला संस्थाका प्रतिनिधिसँग छलफल गरेको हो ।

समितिका सभापति भानुभक्त जोशीले समस्या समाधान खोज्न शुक्रबारको बैठकमा यस विषयमा निरन्तर छलफल हुने बताए । समितिको आगामी बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतलाई पनि आमन्त्रण गरिने उनले जानकारी दिए ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ जारी भएपछि पीसीएल नर्सिङलगायत चिकित्सा शिक्षा सबै सो कानुनको परिधिबाट सञ्चालन हुनुपर्ने आयोगको तर्क र आफ्नो बेग्लै कानुनका आधारमा विगतदेखि सञ्चालित नर्सिङ शिक्षालाई आयोगले हस्तक्षेप गर्न नहुने अडानका कारण विद्यार्थी प्रभावित हुँदै आएका छन् ।

बैठकमा उपाध्यक्षद्वय गिरी र अधिकारीबीच यही विषयमा दोहोरी देखिएको छ । दुई निकायको विवादका कारण नर्सिङ शिक्षाका विषयका विद्यार्थीहरू विदेश पढ्न जान थालेको र नेपालको पुँजी पलायन भएकामा स्वास्थ्य तथा प्राविधि विज्ञान मञ्च र अन्य संस्थाहरुले समितिमा उजुरी दिएका थिए ।


प्रकाशित मिति: २१ भाद्र २०८०, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?