Trending
>>   पोखरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु >>   प्रश्तावित चार न्यायाधीशहरुको नाम संसदीय समितिबाट अनुमोदन >>   गगन थापालाई ‘भिलेन’ नबनाऊँः डा. शशांक कोईराला >>   गगनलाई देउवाको आरोपः पैसामा पार्टी बेच्नेले काँग्रेस जोगाउँछ ? >>   नेपाल संवत ११४७ को स्वागतमा काँग्रेसको सुकुण्दा र्‍याली, सभापति थापा सहभागी(तस्बिरसहित) >>   लायन्स क्लब अफ काठमाडौं ब्राइट स्टारको रक्तदान कार्यक्रम सम्पन्न >>   काग तिहारमा रत्नपार्कमा काग सम्मेलन >>   तिहार र छठमा विद्युत आपूर्ति सहज बनाउन प्राधिकरणको विशेष तयारी >>   बेलिब्रिज राख्नु जोखिमपूर्ण, वर्षायामअघि हटाउन सडक विभागको चेतावनी >>   अदालतलगायत राज्यका संस्थालाई कमजोर बनाउने गतिविधि रोकौँः रवि लामिछाने
Logo
२२ कार्तिक २०८३, आईतवार
२२ कार्तिक २०८३, आईतवार

यादवमाथी आक्रमणविरुद्ध नेविसंघ काठमाडौंले निकाल्यो सासंद भवन अगाडि राके जुलुस


काठमाडौं, २० भदौ । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव माथी ज्यानमार्ने उदेश्यले भएको खुकुरी प्रहारको बिरुद नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति काठमाडौंले सासंद भवन अगाडि राके जुलुस निकालेको छ । नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य अमन भुसालले कारवाहीको माग राख्दै जुलस निकालिएको बताए ।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा सहभागी भएर निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो ।लगत्तै यादवलाई ट्रमा सेन्टरमा पुर्याईएको थियो । यादवमाथि खुकुरी प्रहार गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवलाई भेटेर सभापति शेरबहादुर देउवाले भेटेर स्वास्थ्य अबस्थाबारे जानकारी लिएका छन् । स्वास्थ्य अवस्था स्थिर रहेको ट्रमा सेन्टरेले जनाएको छ । ट्रमा सेन्टरमा अपरेशन गरी चिकित्सकको निगरानीमा उपचार जारी छ ।

 


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?