Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

नेविसंघ बारामा समानान्तर समिति गठन, केन्द्रीय सदस्य भट्टले गरे घाेषणा


२० भदाै, बारा । नेपाल विधार्थी संघ बारा जिल्लाकाे बृहत् विद्यार्थी भेलाबाट समानान्तर जिल्ला अध्यक्षमा प्रविण सिंह राउतलाई चयन गरिएकाे छ ।
हिजाे मात्रै नेविसंघका अध्यक्ष दाेजाङ शेर्पाले बारा जिल्लामा समीर चाैधरिकाे नाममा पत्र काटेर अध्यक्षकाे जिम्मेवारी दिएका थिए । दाेजाङ शेर्पाले नेपाली काँग्रेस जिल्ला सभापतिले गरेकाे सिफारिस विपरित मापदण्ड र संगठनकाे विधिविधानलाई कुल्चेर पत्र काटेकाे आराेप लगाउँदै संस्थापनईतर समुहका विद्यार्थी नेताहरुले विराेध गरिरहेका थिए ।

दाेजाङ शेर्पाले जारि गरेकाे पत्र बाहिरिएपछि संस्थापनइतर केन्द्रीय सदस्यहरुले सामानान्तर समिति गठन गर्न निर्देशन सहितका धारणा बाहिर निकालिरहेका थिए ।

बारा जिल्लाकाे सदरमुकाम कलैयामा आयाेजना भएकाे वृहत विद्यार्थी भेलामा प्रमुख अतिथि नेविसंघ केन्द्रीय सदस्य ई.भुवन भट्ट,विशिष्ट अतिथिहरु मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने नेविसंघ केन्द्रीय सदस्यहरु हरिओम शाह, कमलेश पटेल, राजकिशाेर शाह, विकेस पटेल,पुष्पेन्द्र गाेइत तथा मुनराज तिवारी लगायतकाे उपस्थिति थियाे ।

विद्यार्थी भेलाबाट नेविसंघ बाराकाे जिल्ला अध्यक्ष प्रविण सिंह राउतलाई सर्वसम्मत चयन गरि घाेषणा गरिएकाे हाे ।

‘विद्यार्थीकाे नेतृत्व विद्यार्थीमाझबाटै चुनिनुपर्छ । मापदण्ड, विधि विधान र आन्तरिक सहमति विपरित मनाेमानि ढंगले पत्र काट्नु गलत र अवैधानिक हाे ।’ भट्टले भने ।

संगठनकाे गरिमा बचाउन आफुले बारामै पुगेर जिल्ला अध्यक्ष घाेषणा गरेकाे नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले बताए ।

विद्यार्थी भेलाले चयन गरेका जिल्ला अध्यक्ष प्रविण सिंह राउतलाई नेपाली काँग्रेस बारा जिल्ला उपसभापति मनाेज भट्ट, जिल्ला सचिवद्वय राजेश राैनियार र भैयाराम यादवकाे समेत साथ रहेकाे र घाेषणा भइसकेपछि कार्यक्रम स्थलमै आएर अध्यक्षलाई उनिहरुले बधाई दिएकाे नेता भट्टले बताए ।


प्रकाशित मिति: २० भाद्र २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?