Trending
>>   सत्ताको खोजीमा यी चार पूर्वप्रधानमन्त्रीहरु चुनावी मैदानमा >>   राजुनाथ पाण्डेले गरे काठमाडौँ–३ बाट उम्मेदवारी दर्ता >>   बालेन्द्र साहले गराए झापा क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा उम्मेदवारी दर्ता >>   ‘चुनावअघि सन्तुलनको दोसाँधमा नेपालः महाशक्तिहरूको नयाँ रणभूमि र क्षेत्रीय स्थिरताको संकट’ >>   महावीर पुनले गरे म्याग्दीबाट उम्मेदवारी दर्ता >>   महेश बस्नेतले गरे भक्तपुर–२ बाट उम्मेदवारी दर्ता >>   रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले सम्हाल्नुहुने >>   झापा–५ को चुनावी माहोल तात्यो, बालेन हजारौँ समर्थकसहित मनोनयन दर्ता गर्न दमकमा >>   स्पेनमा रेल दुर्घटनाः ४० जनाको मृत्यु, तीन दिने राष्ट्रिय शोकको घोषणा >>   सरकारद्वारा रवि लामिछाने विरुद्धका दुई अभियोग फिर्ता
Logo
१० माघ २०८२, शनिबार
१० माघ २०८२, शनिबार

सल्यानमा केटी-केटीले गरे विवाह


१९ भदाै, सल्यान । सल्यानमा केटी केटी बीच विवाह भएको छ । जिल्लाको बागचौर नगरपालिका १ ठिनबाङज्यूलाकी अमिसा बस्नेत र वडा नम्बर ८ कोटमौलाकी योजना केसी बीच विवाह भएको हो ।

तीन वर्षदेखि आफूहरु प्रेम सम्बन्धमा रहेको बताउने उनीहरुले राजीखुसी मन्दिरमा पुगेर विवाह गरेका हुन् । आपसी समझदारीमा योजना अहिले अमिसाको घरमा गएर बस्दै आएकी छन् ।

माया बसेकै कारण विवाह गरेको उनिहरुको प्रतिक्रिया छ । ‘हामीहरु केटी केटी नै हौं । समाजले सोचेजस्तो तेस्रो लिंगी पनि होइनौं । कुनै भाइरल हुँनलाई पनि विवाह गरेका होइनौं, माया बसेर नै विवाह गरेका हौँ’ योजनाले भनिन् ।

घरपरिवारले नमानेको कारण मन्दिरमा गएर सिन्दुर र पोते लगाएको र अब घरमै विधी पुरा गरेर खुला रूपमा विवाह गर्ने तयारी भएको योजना केसीको भनाइ छ । अहिले अमिसाको घरमा परिवारले विवाह स्वीकार गरिसकेको र योजनाको घर परिवारले केटीकेटी बीच विवाह गर्न नहुने बताइरहेको उनिहरुको भनाइ छ ।दुवैजना स्थानीय जनकल्याण क्याम्पस थारमारेमा अध्ययनरत विद्यार्थी हुन ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?