Trending
>>   केपी ओली बिरुद्धका सबै षड्यन्त्रहरु असफल भएको महेश बस्नेतको दाबी >>   नेतृत्व परिवर्तनको बहस ‘फेसन’जस्तो भयोः झाँक्री >>   एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा >>   ग्यास र चिनीको कालोबजारी रोक्न सरकार निर्मम हुनुपर्छः सांसद प्रसाईं >>   पेट्रोलियमको मूल्य नबढेसम्म चाडपर्वमा भाडा बढाउँदैनौँः अध्यक्ष सिटौला >>   पुनर्निर्माणमा मोडेल परिवर्तनः ‘टाउनसिप’ मोडेलमा बस्ती विकास गरिने’ >>   एउटै आन्दोलनमा निधन भएकाहरु शहीद अनि बाचेकाहरु अपराधी कसरी ? >>   रसुवा बाढीमा सम्पर्कविहीनहरु अब जीवित भेट्टिने सम्भावना कम छ: गृहसचिव शर्मा >>   गएको साता ८७ अंकले बढेको नेप्सेको यो साता कस्तो रहला ? >>   सम्पती धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍योः राष्ट्र बैंक
Logo
६ आश्विन २०८३, मंगलवार
६ आश्विन २०८३, मंगलवार

सल्यानमा केटी-केटीले गरे विवाह


१९ भदाै, सल्यान । सल्यानमा केटी केटी बीच विवाह भएको छ । जिल्लाको बागचौर नगरपालिका १ ठिनबाङज्यूलाकी अमिसा बस्नेत र वडा नम्बर ८ कोटमौलाकी योजना केसी बीच विवाह भएको हो ।

तीन वर्षदेखि आफूहरु प्रेम सम्बन्धमा रहेको बताउने उनीहरुले राजीखुसी मन्दिरमा पुगेर विवाह गरेका हुन् । आपसी समझदारीमा योजना अहिले अमिसाको घरमा गएर बस्दै आएकी छन् ।

माया बसेकै कारण विवाह गरेको उनिहरुको प्रतिक्रिया छ । ‘हामीहरु केटी केटी नै हौं । समाजले सोचेजस्तो तेस्रो लिंगी पनि होइनौं । कुनै भाइरल हुँनलाई पनि विवाह गरेका होइनौं, माया बसेर नै विवाह गरेका हौँ’ योजनाले भनिन् ।

घरपरिवारले नमानेको कारण मन्दिरमा गएर सिन्दुर र पोते लगाएको र अब घरमै विधी पुरा गरेर खुला रूपमा विवाह गर्ने तयारी भएको योजना केसीको भनाइ छ । अहिले अमिसाको घरमा परिवारले विवाह स्वीकार गरिसकेको र योजनाको घर परिवारले केटीकेटी बीच विवाह गर्न नहुने बताइरहेको उनिहरुको भनाइ छ ।दुवैजना स्थानीय जनकल्याण क्याम्पस थारमारेमा अध्ययनरत विद्यार्थी हुन ।


प्रकाशित मिति: १९ भाद्र २०८०, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?