Trending
>>   विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना सबैको पहुँचमा पुग्नुपर्छः सरोकारवाला >>   मान्छे कर्मले सधैँ अमर रहन्छः सञ्चारमन्त्री खरेल >>   २५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक >>   प्रतिनिधिसभा चुनावका लागि महोत्तरी–४ बाट प्रचण्डको नाम सिफारिस >>   निर्वाचन आयोगको कडा कदमः ६ दल खारेज >>   सरकार एमाले निर्वाचनमा सहभागी होस् भन्ने चाहँदैनः रघुवीर महासेठ >>   शान्तिपूर्ण निर्वाचनका लागि राजनीतिक दलहरुसँग सघन संवाद जरुरीः नेकपा >>   दलहरूमार्फत निर्वाचनको सन्देश तल्लो तहसम्म पुर्‍याउन संवाद थालेका छौँः मन्त्री सिन्हा >>   आइसिसी महिला टी ट्वान्टी विश्वकपमा छनोट हुन्छौंः हर्षल पाठक >>   अध्यादेशमार्फत समानुपातिक प्रतिनिधित्व हटाइएको भन्दै अपाङ्गता भएका व्यक्तिहरूको संघ–संस्थाद्वारा विरोध
Logo
९ पुष २०८२, बुधबार
९ पुष २०८२, बुधबार

पुस्तकालय दिवस : वक्तृत्वकलामा पाण्डे प्रथम


१६ ,भाद्र ,वालिङ (स्याङ्जा) । सोह्रौँ पुस्तकालय दिवसका अवसरमा स्याङ्जाको कालीगण्डकीमा आयोजना भएको वक्तृत्वकला प्रतियोगितामा राधा पाण्डे प्रथम भएकी छन् ।

मातृभूमि सामुदायिक पुस्तकालय विर्घाको आयोजनामा भएको अन्तर माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितामा जनता माध्यमिक विद्यालय विर्घा अर्चलेकी छात्रा पाण्डे प्रथम भएकी हुन् ।

‘पुस्तौं पुस्ताका लागि पुस्तकालय’ विषयक शीर्षकमा गरिएको प्रतियोगितामा पालिकाभित्रका आठ विद्यालयको सहभागिता रहेको मातृभूमि पुस्तकालयका सचिव नारायणप्रसाद पाण्डेले बताए ।

प्रतियोगितामा देउराली माध्यमिक विद्यालयका छात्र विष्णु पाण्डेय द्वितीय, जनहित माध्यमिक विद्यालयका छात्रा एन्जिला राना तृतीय भएका थिए ।

प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रममा कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, उपाध्यक्ष साबित्रा कोईराला, वडा नं. ४ का वडा अध्यक्ष यादवप्रसाद पाण्डे, जनहित माध्यमिक विद्यालयका प्रधानाध्यापक केशर पाण्डे, पुस्तकालयका कार्यवाहक अध्यक्ष हिमलाल पाण्डे, कोषाध्यक्ष चुमकला पाण्डेले मातृभूमि पुस्तकालय स्थापना भएसँगै यस क्षेत्रमा पुस्तक पढ्ने बानीको विकास हुँदै गएको बताए ।

यसैबीच, काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच पुस्तकालयकर्मीमध्ये स्याङ्जाको कालीगण्डकी ४ बिर्घाको मातृभूमि सामुदायिक पुस्तकालयका जोगप्रसाद पाण्डे सम्मानित भएका हुन् ।

पुस्तकालय क्षेत्रमा विगत ३० वर्षदेखि निरन्तर लाग्नुभएका पाण्डेलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री अशोककुमार राईले सम्मान गरेका हुन् ।


प्रकाशित मिति: १६ भाद्र २०८०, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?