Trending
>>   कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता भट्टद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा >>   दशैँअघि नै अवरुद्ध सडक खुल्ने, पोडवे र तौल पुलको विषयमा संसदीय समितिमा बहस >>   चाडपर्वमा यात्रु ठगी रोक्न ‘यात्रु सहायता कक्ष’ र ‘क्यू–फ्री’ प्रणाली प्रभावकारी बनाइने >>   यातायात क्षेत्रको बेथिति र भ्रष्टाचारबारे सांसद पाण्डेको आक्रोशः ‘कार्यान्वयन नभए अनुगमनमा निस्किन्छौँ’ >>   चोलेन्द्र प्रक्राउबारे प्रचण्डको टिप्पणी :’छोरी पिटेर बुहारी तर्साउन खोजे’ सरकारले ठूलो मूल्य चुकाउनुपर्नेछ >>   ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा फेरियो माहोलः नियमित उडानको आशाले पर्यटन व्यवसायी उत्साहित’ >>   उतारचढावमा बित्यो गत साता, आज सेयर बजार कता? >>   अवरुद्ध सडक खुलाउन २५० भन्दा बढी उपकरण तयारी अवस्थामाः प्राधिकरण >>   पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी >>   अविरल वर्षाले देशभर जनजीवन अस्तव्यस्तः दर्जनौं सडक अवरुद्ध, पुल बगायो
Logo
१२ आश्विन २०८३, सोमबार
१२ आश्विन २०८३, सोमबार

जिम्मेवारी त्रुटिरहित ढङ्गबाट निर्वाह गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन


१५ भदौ, काठमाडाैँ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले पदीय जिम्मेवारी त्रुटिरहित ढङ्गबाट निर्वाह गर्न सशस्त्र प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आज बढुवा भएका प्रहरी अधिकृतलाई दज्र्यानी चिह्न प्रदानपछि आयोजित समारोहमा उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरी पेशाप्रति पूर्ण निष्ठावान हुँदै सेवा प्रवाह गर्न निर्देशन दिए ।

उनले कार्यक्षेत्रमा परिचालित हुँदा पूर्णक्षमता, व्यावसायिकता, इमान्दारिताका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै फौजी परम्पराको रक्षा गर्नु सबै तहका राष्ट्रसेवकको दायित्व रहेको उल्लेख गरे ।

नेपाल सरकार गृह मन्त्रालय (उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तर)को भाद्र ११ गतेको निर्णयले सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकमा बढुवा भएका वरिष्ठ अधिकृतलाई उहाँले आज दज्र्यानी चिह्न प्रदान गरेका थिए ।

सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहतर्फका १२ जना सशस्त्र प्रहरी उपरीक्षक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पदमा बढुवा भएका हुन् । महानिरीक्षक अर्यालले व्यावसायिक जीवनमा पदोन्नति महत्त्वपूर्ण रहने उल्लेख गर्दै व्यावसायिक दक्षता र प्रदर्शन गरेको क्षमताको परिणाम स्वरुप पदोन्नति भएको बताए ।


प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?