Trending
>>   राष्ट्रिय सभा अध्यक्षले गरे समिति सभापतिहरुसँग छलफल >>   जेन–जी आन्दोलनका नाममा भएको तोडफोड र आगजनी अपराधिक र षड्यन्त्रपूर्णः ईश्वर पोखरेल >>   राजतन्त्र स्थापना हुने सम्भावना प्रवल छ,कोही उपेक्षित नहुने गरी नयाँ समझदारी गरेर अघि बढौँ :… >>   जेन–जी आन्दोलनको उपलब्धि अन्तरिम सरकार र निर्वाचनको घोषणामा सिमित रह्योः अध्यक्ष दाहाल >>   सरकार र निजी क्षेत्रको सहकार्यमा पुनर्निर्माणः मुख्यसचिव अर्याल >>   प्रधानमन्त्री कार्कीसँग अमेरिकी र चिनियाँ राजदुतको शिष्टाचार भेट >>   अन्तरिम सरकारको मुख्य काम समयमै निष्पक्ष निर्वाचनः गृहमन्त्री अर्याल >>   समयमै निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोग तयार छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी >>   जेन जीको नाममा भएको आगजनी र तोडफोड गर्नेमाथि निष्पक्ष छानविन गरी कारबाही गरियोस्ः प्रकाशमान सिंह >>   जेन-जी आन्दोलनको प्रभावः २० अर्ब ७० करोड रुपैयाँभन्दा बढीको बीमा माग दाबी
Logo
३ आश्विन २०८२, शुक्रबार
३ आश्विन २०८२, शुक्रबार

विमानस्थल सुरक्षा सुधारका लागि गठित कार्यदलको अनुगमन तथा सुझाव सङ्कलन


१५ भदौ, काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा सुधारका लागि सुझाव दिन सरकारद्वारा गठित कार्यदलले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गरी जानकारी लिएको छ ।

पटकपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा त्रुटीका कारण तस्करीका सामान भित्रिने र बाहिरिने घटना दोहोरिन थालेपछि सरकारले गठन गरेको राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी नेतृत्वको कार्यदलले आज विभानस्थल क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी लिएको हो ।

अनुगमन पछिको बैठकमा अर्थ, गृह र पर्यटन मन्त्रालयका प्रतिनिधि, चारै वटा सुरक्षा निकायका प्रतिनिधिहरु तथा भन्सार, अध्यागमन विभाग र नागरिक उड्डयन प्राधिकरणका अधिकारी सहभागी थिए । बैठकमा अध्यागमन, भन्सार कार्यालय तथा प्राधिकरणबाट विमानस्थल सुरक्षाको हालको अवस्था र सुधारका विषयमा प्रस्तुतिकरण भएको थियो ।

गत भदौ अन्तिम साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा विमानस्थल सुरक्षा सुधारका लागि उच्चस्तरीय बैठक बसेको थियो । बैठकमा कार्यदल गठन गरी त्यसको प्रतिवेदनका आधारमा विमानस्थलको सुरक्षा सुधार गर्ने उनले बताएका थिए ।

सोही बैठकको निष्कर्षका आधारमा सुरक्षा सल्लाहकार वैरागीको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलका सदस्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अर्जुन चन्दले आज कार्यदलबाट विमानस्थलको सुरक्षा अवस्थाबारे स्थलगत अनुगमन गरी जानकारी लिएको बताए । कार्यदललाई प्रतिवेदन बुझाउने १५ दिनको कार्यादेश दिएको छ । कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विमानस्थलको सुरक्षामा सुधार गर्नुपर्ने विषय समेटेर प्रतिवेदन बुझाउने छ ।

विमानस्थलबाट ठूलो परिमाणमा सुनसहित लागूऔषध तस्करी भइरहेको छ । त्यसमा भन्सारका कर्मचारी संलग्न रहेको फेला परेको छ भने चिनियाँ भारतीय नागरिकसहित नेपालीहरूले सङ्गठितरुपमा सामान तस्करी गरिरहेको पाइएपछि सरकारले त्यसको नियन्त्रणका उपाय खोजी गर्न विमानस्थल सुरक्षा सुरधारका लागि सुझाव दिन कार्यदल गठन गरेको हो ।


प्रकाशित मिति: १५ भाद्र २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?